६ असार २०८३, शनिबार । June 20, 2026

महोत्तरीमा निषेधाज्ञा कायमै


११ कार्तिक २०७९, शुक्रबार  

6
Shares

महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिकामा धार्मिक सद्भाव भड्कन नदिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा कायमै राखेको छ ।

भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार भड्केको दङ्गा नियन्त्रण गर्न जिल्ला प्रशासनले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा शुक्रबार पनि जारी छ । भङ्गाहा नगरपालिका–८ को दक्षिणमा पर्ने पडरिया बस्तीको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा पडरियाको ब्रह्मस्थान, उत्तरमा धर्मपुर बस्तीको दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका–१ मा पर्ने बगडाचोक तथा पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

यससम्बन्धमा थप अर्को आदेश जारी नभएसम्म घोषित क्षेत्रभित्र समूहमा हिँडडुल गर्न तथा बाहिरी क्षेत्रबाट सो क्षेत्रमा प्रवेश गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जारी गरेको आदेशमा उल्लेख छ । बिहीबार दिउँसो पडरियामा ‘हिन्दू सम्राट सेना’ नामक सङ्गठनले निकालेको ¥यालीको क्रममा भागदौड मच्चिएको थियो । सङ्गठनको ¥यालीमा अज्ञात व्यक्तिले लुकीछिपी घुँयत्रो र ढुङ्गा हानेपछि तनाव बढेको पडरियावासी बताउँछन् ।

घटनालगत्तै पुगेको प्रहरी टोलीले भड्कँदो स्थिति नियन्त्रणमा लिन हवाई फायरसमेत गर्नुपरेको थियो । अहिले घटनास्थलमा ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । पडरियाको घटनापछि वरपरका अन्य बस्तीमा पनि साम्प्रदायिक सद्भाव बिगार्ने मनसायका तत्वले धार्मिक आस्थाका ठाउँमा अस्वाभाविक गतिविधि बढाएका छन् ।

अवस्था थप जटिल हुन नदिन प्रजिअ पहाडीले जिल्लाका सबै राजनीतिक दल, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र आम नागरिकसँग अपिल समेत गरेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ८ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा