१ आश्विन २०८३, बिहिबार । September 18, 2026

इरानमा आतङ्ककारी हमलामा परी १३ को मृत्यु


१० कार्तिक २०७९, बिहिबार  

9
Shares

एजेन्सी । इरानको दक्षिणी सिराज सहरमा भएको आ्तङ्ककारी हमलामा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

बुधबार सो सहरमा अवस्थित साचेराग नामक एक धार्मिकस्थलमा सो हमला भएको थियो । इरानी गृह मन्त्रालयले आतंककारी हमलामा परेर १३ जनाको ज्यान गएको र अरु २१ जना घाइते भएका जनाएको छ ।आतङ्ककारीहरुले शक्तिशाली आक्रमण गरेकाले घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइतेलाई उपचारार्थ अस्पतालमा राखिएको छ । आतङ्ककारी हमलामा परी मारिनेमा एकजना महिला र अरु दुई बालबालिका पनि परेका छन् । सो धार्मिकस्थलमा रहेका सुरक्षाकर्मीलाई लक्षीत गरेर हमला गरिएको बताइएको छ । आक्रमणमा तीन जना हमलाकारी रहेका पाइएको छ ।

तीमध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले यसको अनुसन्धान थालेको छ । प्रारम्भिक अनुसन्धानबाट यस हमलामा यहाँको ताकफिरी नामको आतङ्ककारी समूह संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ३ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ