४ असार २०८३, बिहिबार । June 18, 2026

प्रधानमन्त्री कप क्रिकेटका लागि गण्डकीको टीम घोषणा


१० कार्तिक २०७९, बिहिबार  

9
Shares

काठमाडौं । आसन्न ‘प्रधानमन्त्री कप एक दिवसीय’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ ।

गण्डकी प्रदेश क्रिकेट सङ्घले यही कात्तिक २ देखि ८ गतेसम्म प्रादेशिक छनोट प्रतियोगिता गरी १४ नियमित र चार वैकल्पिक गरी १८ जना खेलाडी प्रधानमन्त्री कपका लागि छनोट गरेको हो । गण्डकीको टोलीको कप्तानमा विपिन खत्री छन् । यसैगरी चन्द्रकान्त पौडेल, समिर कँडेल, विधान श्रेष्ठ, सचिनराज अधिकारी, अर्जुन कुमाल, सन्दीप खत्री, अमृत गुरुङ, करन पङ्गेनी, सन्देश बस्नेत, अभिशेक बस्नेत, सुवास भण्डारी र कमल परियार टोलीमा रहेको गण्डकी प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ ।

यसैगरी वैकल्पिक चार खेलाडीमा दिनेश बुढामगर, प्रदीप अर्याल, सौजन्य रेग्मी र सन्दीप पराजुली छन् । गण्डकीको प्रशिक्षकमा रिजन प्रजु र ब्यवस्थापकमा चन्द्रकुमार गुरुङ छन् । नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता यही कात्तिक १३ देखि २६ गतेसम्म राजधानी काठमाडौँमा हुँदैछ ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने नेपाल क्रिकेट सङ्घले जनाएको छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा गण्डकी प्रदेश, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र सुदूरपश्चिम तथा समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र प्रदेश नं १ छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ९ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा