२५ बैशाख २०८२, बिहिबार । May 8, 2025

पाल्पामा फस्टायो ढाकाको व्यापार



पाल्पा । उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ ।

पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री–वितरण हुने गर्दछन् । वि.सं २०१५ मा तानसेनमा एउटा तानबाट सुरु भएको ढाकाको उत्पादन उपभोक्ताको चाहनाअनुसार विविधिकरण भएपछि माग बढ्दै गएको हो । “पहिला–पहिला पाल्पाली ढाका भनेपछि टोपीमात्र चिनिन्थ्यो, अहिले महिला, पुरुष, बालबालिका सबैका लागि थरिथरिका उत्पादन हुन थालेका छन् ।

तानसेनमा ढाकाको व्यापार गर्दै आएकी ज्ञानु कार्की बताउँछिन्, “बच्चादेखि वृद्धसम्मलाई शिरदेखि पाउसम्मका सामग्री ढाकाबाट बन्ने गरेका छन् ।” तिहार भित्रिएसँगै पाल्पाली ढाकाको व्यापार पनि ह्वात्तै बढेको छ । दुई वर्ष कोरोना सङ्क्रमणका कारण ठप्प रहेको ढाकाको व्यापार यस वर्ष बढेको हो ।

कोरोना सङ्क्रमण दर कम भएसँगै तिहारका अवसरमा दिदीबहिनीले दाजुभाइलाई ढाकाका सरसामान उपहार दिने चलनले गर्दा ढाकाको व्यापार अन्य समयमा भन्दा बढी हुने गरेको हो । पाल्पाका मुख्य बजार तानसेन, रामपुरलगायत स्थानका ढाका पसलमा दाजुभाइका लागि ढाकाको टोपी, आस्कोट, टाइ, ब्याग र दिदीबहिनीका लागि पछ्यौरा, सारी, कुर्ता सुरुवाल, झोलालगायतका उपहारका सामान किन्नेको भीड बढेको छ ।

तिहारमा टीका र मालाका साथ शिरमा ढाका टोपी लगाउँदा नेपालीपन झल्कने हुँदा यसको प्रयोग बढी हुने गर्दछ । एउटा पाल्पाली ढाका टोपीको मूल्य रु एक सयदेखि रु दुई हजार पाँच सयसम्म पर्छ । जिल्लामा २४ पाल्पाली ढाका कपडा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यी उद्योगमा पाँच हजारभन्दा बढी व्यक्तिले रोजगारी पाएका छन् । तानसेनमा ढाका व्यवसाय गर्दै आएकी प्रमिला कार्कीका अनुसार दसैँदेखि तिहारसम्ममा एउटै पसलबाट रु एक लाखदेखि रु पाँच लाखसम्म बिक्री हुने गरेको छ । गत वर्ष रु १० करोड हाराहारीमा कारोबार भएको पाल्पाली ढाका यस वर्ष रु १२ करोडसम्मको कारोबार हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ८ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एकैदिन तोलामा ६ सयले बढ्यो सुनको मूल्य! आज कति पुग्यो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको सामान्य वृद्धिको असर

भारतको हवाई आक्रमणमा पाकिस्तानमा ३१ जनाको मृत्यु, तनाव चुलिंदै

काठमाडौं। भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या

इन्डोनेसियामा भयानक सडक दुर्घटना, ११ जनाको मृत्यु

एजेन्सी । इन्डोनेसियाको मध्य जाभा प्रान्तको सिलाकाप जिल्लामा बुधबार बिहान

ग्वेन्ग्याम्पको अन्तिम मुस्कान: सावित्राको ह्याट्रिकले दिलायो दुर्लभ जित

एजेन्सी । फ्रान्सको महिला फुटबल लिगको अन्तिम खेलमा नेपाली स्ट्राइकर

च्याम्पियन्स लिगको उपाधिका लागि इन्टर मिलान र पीएसजी भिड्ने

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको उपाधि अब इटालियन क्लब इन्टर