१ कार्तिक २०८३, आइतबार । October 18, 2026

लाञ्छनापूर्ण अभिव्यक्ति नदिन आयोगको आग्रह


९ कार्तिक २०७९, बुधबार  

12
Shares

काठमाडौं । निर्वाचन आयोगले केही सामाजिक सञ्जाल प्रयोगकर्ता समेतबाट फेसबुक पेज ग्रुपबाट निर्वाचनमा उम्मेदवार रहेका दलको नेताबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य, श्रव्यदृश्य सामग्री प्रकाशन गरेको प्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

झुठ फेसबुक पेज ग्रुप सिर्जना गरी नेताविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०७३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २३ को दपदफा (१ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को प्रतिकूल रहेको देखिने ठहर आयोगले गरेको छ ।

उल्लेखित कसुर बमोजिम निर्वाचनका क्रममा उम्मेदवार र राजनीति दलका नेताबारे सामाजिक सञ्जालबाट लाञ्छनापूर्ण अभिव्यक्ति दिइएको पाइए एक लाख रुपैयासम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ । सोहि कानुनलाई आधार मानेर आयोगले झुठा फेसबुक पेजग्रुप तत्काल हटाइ उप्रान्त यस किसिमको गतिविधि नगर्न सम्बन्धित सबैलाई सचेत गराएको छ ।

साथै, उक्त फेसबुक पेजबाट तत्काल नहटाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि