४ बैशाख २०८२, बिहिबार । April 17, 2025

फिलिपिन्समा ६ दशमलव ७ म्याग्निच्युडको भूकम्प



एजेन्सी । उत्तरी फिलिपिन्समा मङ्गलबार राति ६ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले जनाएको छ ।

स्थानीय समयानुसार मङ्गलबार राति २२ बजेर ५९ मिनेटमा सो भूकम्प गएको जनाइएको छ । यस भूकम्पको केन्द्रविन्दु लुजोनको मुख्य टापुमा रहेको अब्रा प्रान्तको टिनेग सहरबाट करिब सात किलोमिटर उत्तरपश्चिममा २८ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

भूकम्प विज्ञान संस्थानले पराकम्पन आउने तर क्षति नपुग्ने बताएको छ । सुनामीको चेतावनी अहिलेसम्म जारी गरिएको छैन । भूकम्पको धक्का इलोकोस सुर प्रान्त र बागुइओ सहरलगायत आसपासका क्षेत्रमा पनि महसुस भएको सो संस्थानले जनाएको छ ।

फिलिपिन्समा प्रशान्त महासागरको “रिंग अफ फायर“ सँगको स्थानको कारणले बारम्बार भूकम्पीय गतिविधि हुने गरेको पाइन्छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १२ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

“हेर्दाहेर्दैमा” राखियो बहुचर्चित मुद्दा: पूर्वप्रधानमन्त्रीहरू अब जोगिन सक्लान् ?

काठमाडौं । ललिता निवासको सरकारी जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार

पत्रकार नवराज कुँवर ‘नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित

काठमाडौं । पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका शिलापत्र डटकमका

वैशाख ७ मा राप्रपाको राप! लिङ्देन भन्छन् – निषेधित क्षेत्रमै हुन्छ निर्णायक लडाइँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख

बाल यौन दुर्व्यवहार आरोपमा सफाइ: रामबहादुर बम्जन उच्च अदालतको फैसलापछि रिहा

काठमाडौं । उच्च अदालत जनकपुरले लामो समयदेखि बाल यौन दुर्व्यवहार

नेप्सेमा २६ अंकको उछाल, कारोबार १० अर्ब नाघ्यो

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा