२२ माघ २०८२, बुधबार । February 4, 2026

फिलिपिन्समा ६ दशमलव ७ म्याग्निच्युडको भूकम्प



एजेन्सी । उत्तरी फिलिपिन्समा मङ्गलबार राति ६ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले जनाएको छ ।

स्थानीय समयानुसार मङ्गलबार राति २२ बजेर ५९ मिनेटमा सो भूकम्प गएको जनाइएको छ । यस भूकम्पको केन्द्रविन्दु लुजोनको मुख्य टापुमा रहेको अब्रा प्रान्तको टिनेग सहरबाट करिब सात किलोमिटर उत्तरपश्चिममा २८ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

भूकम्प विज्ञान संस्थानले पराकम्पन आउने तर क्षति नपुग्ने बताएको छ । सुनामीको चेतावनी अहिलेसम्म जारी गरिएको छैन । भूकम्पको धक्का इलोकोस सुर प्रान्त र बागुइओ सहरलगायत आसपासका क्षेत्रमा पनि महसुस भएको सो संस्थानले जनाएको छ ।

फिलिपिन्समा प्रशान्त महासागरको “रिंग अफ फायर“ सँगको स्थानको कारणले बारम्बार भूकम्पीय गतिविधि हुने गरेको पाइन्छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १२ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल