४ कार्तिक २०८३, बुधबार । October 22, 2026

निर्वाचन संविधानको रक्षा र आर्थिक सुदृढिकरणका लागि महत्वपुर्ण : प्रधानमन्त्री देउवा


९ कार्तिक २०७९, बुधबार  

6
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते हुने निर्वाचनलाई सरकारले निष्पक्ष र शान्तिपूर्ण रुपमा गर्ने बताएका छन् ।

बुधबार नेपाल संवत् ११४३ को अवसरमा भक्तपुर ठिमीमा आयोजित नेपाल सवंतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको माल्यार्पण समारोहमा बोल्दै निर्वाचन सफल बनाउन राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी वर्ग र सम्पूर्ण नागरिकले आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन् ।

उनले निर्वाचनमा सबै सक्रियताका साथ लाग्न आग्रह गर्दै आम निर्वाचनले मुलुकको संविधानको रक्षा र आर्थिक सुदृढिकरणमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । देउवाले नेपालको सामाजिक इतिहासलाई उचो राख्ने शंखधर साख्वाजस्ता महान व्यक्तिबाट हामीले सिक्न जरुरी भएको बताए।

उनले दलभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको धारणा राखे।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १० : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि