४ असार २०८३, बिहिबार । June 18, 2026

चितवन र इटहरीमा महापुरूषको प्रिमियर हुँदै


८ कार्तिक २०७९, मंगलबार  

6
Shares

काठमाडौं । गत आइतबार काठमाडौंमा प्रिमियर गरेर वाहवाही बटुलिरहेको फिल्म ‘महापुरूष’ ले मोफसलमा समेत प्रिमियर गर्ने भएको छ ।

‘मोफसल प्रिमियर’ अन्तर्गत मंगलबार चितवन र बुधबार इटहरीमा प्रिमियर हुनेछ । काठमाडौंको प्रिमियरमा सेलिब्रेटीहरूले खुलेर प्रशंसा गरेको फिल्मले मोफसलमा दुई स्थानमा संवत् पहिलोपटक प्रिमियर गर्न लागेको हो । कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँले मोफसलका सञ्चारकर्मी, तर फिल्म प्रेमीलाई मध्यनजर गर्दै दुई स्थानमा प्रिमियर गर्न लागिएको बताए । ‘हामीले मोफसलबाट व्यावसायिक सफलता त लिइरहेका छौँ ।

तर त्यहाँका सञ्चारकर्मी र फिल्मकर्मीलाई सफलतामा समेट्न सकेका छैनौँ । हामीले मोफसलमा बजारलाई झनै बलियो बनाउन दुई स्थानमा प्रिमियर गर्न लागेका हौँ’, बानियाँले भने । उनले चितवनको सिनेप्लेक्समा प्रिमियर गर्न लागिएको बताए । ‘हामीले दुईवटै स्क्रिन लिएर फिल्मकर्मी र मिडियाकर्मीलाई महापुरूष देखाउदै छौँ । हाम्रो खुसीमा उहाँहरूलाई समेत समेट्न लागेका हौँ’, उनले भने । चितवन प्रिमियरमा सहभागी हुन कार्यकारी निर्माता बानियाँसँगै निर्देशक तथा लेखक प्रदीप भट्टराई मंगलबार चितवन पुग्दैछन् ।

आफ्नो फिल्मको मोफसलमा प्रिमियर गर्ने रहर पूरा हुँदै गरेको निर्देशक भट्टराईले बताए । ‘मेरो फिल्म मोफसलमा पनि प्रिमियर गरौँ भन्ने चाहना थियो । त्यो यसपटक पूरा हुँदैछ । फिल्म अगाडि नै सकिएकोले यो सम्भव भएको हो’, निर्देशक भट्टराईले भने । फिल्मकै काममा अल्झिने हुँदा मोफसलमा यस अगाडि यस्ता इभेन्ट गर्न नसकिएको उनले बताए । बुधबार इटहरीमा प्रिमियर हुँदैछ ।

पूर्वाञ्चलका दर्शकलाई लक्षित गर्दै इटहरीमा रहेको इलाइट सिनेमामा फिल्मको प्रिमियर गर्न लागिएको हो । ‘हाम्रो यो प्रयास बजार विस्तारका लागि प्रभावकारी हुनेमा विश्वस्त छौँ’, कार्यकारी निर्माता बानियाँले भने । इटहरीमा हुने प्रिमियरमा कार्यकारी निर्माता बानियाँ र निर्देशक भट्टराईसँगै अरुण क्षेत्री र अञ्जना बराइलीसमेत सहभागी हुनेछन् । ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्मको शो समयसमेत मल्टिप्लेक्सहरूमा प्रकाशित हुन् थालेको छ । फिल्मको अनलाइन टिकेट बुकिङ गर्न सकिनेछ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल, गौरी मल्ल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेललगायतको अभिनय छ ।

एकल अभिभावकको एक्लोपनको कथा भनिएको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् । उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगतेबाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो फिल्म लिएर आउँन लागेका हुन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ३ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा