१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

म्यानमार सेनाले गर्‍यो हवाई हमला


८ कार्तिक २०७९, मंगलबार  

9
Shares

एजेन्सी । म्यानमार सेनाले लामो समयदेखि सशस्त्र विद्रोह गर्दै आएको काचिन सशस्त्र समूहमाथिको कारवाहीलाई तीब्रता दिएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार म्यानमार सेनाले पछिल्लो पटक गरेको हवाइ कारवाहीमा कम्तीमा ८० जना मारिएको दाबी गरिएको छ । यद्यपी मारिनेको संख्या योभन्दा निकै बढी रहेको हुन सक्ने आंकलन गरिएको छ । हवाइ आक्रमणमा सर्वसाधारणको पनि हताहती भएको बताइएको छ । आइतवार राति उत्तरी काचिन राज्यमा भएको उक्त घटनामा परि झन्डै एक सय जना घाईते भएका छन् ।

काचिन स्वतन्त्रता संगठनको स्थापनाको उत्सव मनाउन कलाकारसहित झण्डै पाँच सय मानिस भेला भएको स्थानमा हवाई आक्रमण भएको थियो । काचिन कलाकार संघका प्रवक्ताले सैन्य विमानले आइतबार साँझ उत्सवमा चारवटा बम खसालेको पुष्टि गरेका छन् । विष्फोटलाई म्यानमारको सेनाले फेब्रुअरीमा सत्ता कब्जा गरेपछिको सबैभन्दा खराब हवाई आक्रमण भनिएको छ ।

मानवअधिकार समूहहरूले सेनाले युद्ध कानूनको उल्लघंन गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय समुदायलाई हतियार र हवाई इन्धनको बिक्रीमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ । म्यानमारको सेनाले भने काचिन सशस्त्र समूहलाई लक्षित गरी हवाई हमला गरेको र सर्वसाधारणको मृत्यु भएको खबरलाई अफवाह भन्दै खारेज गरेको जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था