२५ फाल्गुन २०८१, आइतबार । March 10, 2025

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको टिम घोषणा



बैतडी । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ ।

राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ । टोलीको उपकप्तानमा वसन्त खत्री र अन्य सदस्यमा वीरेन्द्र नाथ, गजेन्द्र बोहरा, शेर मल्ल, नारायण जोशी, वसन्त कार्की, हेमन्त धामी, मिलन बोहरा, दीपक टमटा, नरेन साउद, कैलाश ऐर, टेक रावल र गजेन्द्र भण्डारी छन् ।

साथै खड्कबहादुर बोहरा, वीरेन्द्र बम, कृष्ण भट्ट र स्मिथ बुढा वैकल्पिक खेलाडीका रूपमा छनोट भएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ । कैलाली र कञ्चनपुरमा असोज ३१ देखि कात्तिक ६ गतेसम्म सञ्चालन भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा टोली घोषणा गरिएको जनाइएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता कात्तिक १३ गतेदेखि काठमाडौँमा हुँदैछ । सुदूरपश्चिमले पहिलो खेल कात्तिक १४ गते गण्डकी प्रदेशसँग खेल्दैछ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ११ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिल्ला स्तरीय विशेष विद्यालय रनिङ शिल्ड प्रतियोगिता रौतहट २०८१ सम्पन्न

रौतहट । रौतहटको श्री बागमती माध्यमिक विद्यालय, गोपालकुटी, चन्द्रपुर-१ मा

च्याम्पियन्स ट्रफीको उपाधि भिडन्त आज, उपाधिका लागि भारत र न्यूजिल्यान्ड भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफीको उपाधि भिडन्त आज हुँदैछ ।

पीएम कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट आजदेखि, खेल लुम्बिनीका ३ रंगशालामा हुँदै

रुपन्देही । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट

पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु

चितवन । पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

आजको विनिमयदरः युरोको मूल्यमा नयाँ रेकर्ड, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको