८ कार्तिक २०८३, आइतबार । October 26, 2026

अफगानिस्तानको बदख्सान प्रान्तमा ३८ विद्रोही मारिए


७ कार्तिक २०७९, सोमबार  

6
Shares

एजेन्सी । अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तमा हालै गरेको सुरक्षा कारबाहीमा परी ३८ जना विद्रोही मारिएका छन् ।

यस कारबाहीमा अन्य ७८ जना पक्राउ परेका सूचना र संस्कृति विभागका प्रान्तीय प्रमुख कारी माजुद्दिन अहमदीले सोमबार बताएका छन् । गत एक हप्तामा शिवा, अर्घंज ख्वा र राघ जिल्लामा सुरक्षा कारबाहीको क्रममा ३८ सशस्त्र विद्रोही मारिएका र ७८ जना पक्राउ परेका अहमदीले पत्रकारहरुलाई जानकारी दिए ।

उक्त कारबाहीमा सुरक्षाबलका तीन सदस्यको मृत्यु भएको र पाँच जना घाइते भएको अधिकारीले जानकारी दिएका छन् । यसैबीच विद्रोहीका दुई कमाण्डर बाहरुदिन र अब्दुल हमिद मारिएका जनाइएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ५ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा