२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

युक्रेनले डर्टी बम्बको योजना बनाएको रसियाको आरोप



एजेन्सी । रसीयाली रक्षा मन्त्री सेर्गी साईगु र अमेरिकाका रक्षा सचिब लोएड अस्टिनबिच आईतबार फोनवार्ता भएको छ ।

रसीयाको रक्षा मन्त्रालयले यूक्रेनको अवस्थाका बारे कुरा भएको बताएपनि कुराकानीबारे थप जानकारी दिएको छैन । एक अमेरिकी प्रशासन अधिकारीले भने रक्षा मन्त्री साईगुले युक्रेनले डर्टी बम्ब (युरेनियम मिश्रित बम्ब) प्रयोग गर्ने योजना बनाएको आरोप लगाएको बताएका छन् ।

साईगुले फ्रन्सेली र बेलायती समकक्षीसँग पनि सोहि कुरा बताएको जनाईएको छ । यसैबिच अमेरिकी सुरक्षा परिषद्की प्रवक्ता एड्रिन वाटसनले रक्षमन्त्री साईगुले लगाएको आरोप अस्वीकार्य रहेको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

साईगु र अस्टिनबिचमा तीन दिनभित्र भएको यो दोस्रो फोनवार्ता हो । गत शुक्रबार अस्टिनले साईगुलाई फोन सम्पर्क गरेका थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १२ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको