१ बैशाख २०८२, सोमबार । April 15, 2025

गुण्डुका किसानले बेचे तीन करोडको फूल र माला



भक्तपुर । फूलखेतीका लागि प्रसिद्ध भक्तपुर सूर्यविनायक–७ गुण्डुका किसानले तिहारमा फूल र माला बिक्री गरी रु तीन करोडभन्दा बढी आम्दानी गरेका छन् ।

यहाँका किसानले व्यावसायीक रुपमा पाँच रोपनी क्षेत्रफलसम्म फूल खेती गरिरहेका छन् । प्रत्येक किसानले वार्षिक रुपमा न्यूनतम पाँच सयदेखि १० हजार वटासम्म माला बिक्री गर्दै आएका छन् । वडा अध्यक्ष रबीन्द्र सापकोटाले तिहारअघि मात्रै रु तीन करोड बराबरको माला बिक्री भइसकेको जानकारी दिए ।

गतवर्ष मात्रै तीन हजार माला बिक्री गरेकी पार्वती नगरकोटीले यसवर्ष भने पाँच हजार माला बिक्री गर्ने बताईन । नगरकोटीले एक रोपनीमा फूलखेती गरिरहेकी छिन् । किसानले माला प्रतिगोटा रु २५ देखि ३५ रुपैयाँमा बिक्री गर्ने गरेका छन् । त्यस्तै पवित्रा बस्नेतले यसवर्ष पनि फूल र मालाको माग गत वर्षको तुलनामा धेरै भएको बताईन।

एक रोपनी जग्गामा फूलखेती गरेकी बस्नेतले यसवर्ष करिब १२ सय वटासम्म माला बिक्री गर्ने योजनामा छिन् । गुण्डुका किसानहरुले प्रत्येक वर्षको फागुनमा नर्सरी राखेर चैतको अन्तिममा मकै र भट्माससँगै मखमली फूलको विरुवा रोप्दै आएका छन् ।

स्थानीय बासिन्दाले मात्रै नभई जग्गा भाडामा लिएर फूलखेती गर्नेहरु पनि थपिएपछि यहाँ फूल उत्पादन बढेको छ । सूर्यविनायक नगरपालिकाले वडा कार्यालयमार्फत् यहाँका फूलखेती गर्ने किसानलाई यसवर्ष ६० हजार फूलको बेर्ना वितरण गरेपछि सयपत्री फूलतर्फ पनि यहाँका बासिन्दा आकर्षित भएका हुन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ११ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छविराज सुनारको ‘कि सिधै नो भन्देउ’ ले मच्यायो धूम

काठमाडौं । गायक छविराज सुनारको नयाँ गीत ‘कि सिधै नो

नयाँ वर्षको सुरुवात सडकमै: शिक्षक तथा विद्यालय कर्मचारीको आन्दोलन जारी

काठमाडौँ । नयाँ वर्षको उल्लासपूर्ण दिनमा जहाँ धेरैजसो नेपालीले उत्सव

मुस्ताङबाट झण्डै ९ क्विन्टल अवैध शालिग्राम बरामद, संरक्षणको चुनौती थपिँदै

मुस्ताङ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–३ स्थित छुसाङ चेकपोष्टबाट प्रहरीले ठूलो

६१ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस, को-को परे ? (नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीले ६१ जना वरिष्ठ नायब निरीक्षक (सई)लाई