१२ चैत्र २०८२, बिहिबार । March 26, 2026

निःशुल्क शववाहन सेवा सुरु


७ कार्तिक २०७९, सोमबार  

6
Shares

कैलाली । कैलालीको टीकापुरमा शववहान सेवा निःशुल्क गरिएको छ ।

टीकापुर अस्पतालको शववहानले अब शव बोकेको शुल्क नलिने सहमति गरेको हो । शव बोकेबापत अस्पतालले पाउने शुल्क अब तुल्सी ट्रेड लिङ्क प्रालिले बेहोर्ने भएको छ । प्रालिले वर्षभरिको लाग्ने शुल्क तिरिदिने भएपछि अब शववाहन निःशुल्क उपयोग गर्न पाउने भएका हुन् ।

डेढ वर्षअघि ह्युमानिटी फाउण्डेशन र टीकापुर सरोकार समूहको केही सहयोग र आह्वानमा आर्थिक सहयोग जुटाएर शववाहन खरिद भएको थियो ।  ट्रेड लिङ्कले शववाहन किन्दा पनि सहयोग गरेको र निःशुल्क होस् भन्ने उद्देश्यले सहयोग गरेको बताएको छ ।

तुल्सी ट्रेड लिङ्कका सञ्चालक तथा टीकापुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष पर्शुराम चपाईले हुने खाने जटिल समस्या भए रेफर भएर अन्यन्त्र उपचारमा जान्छन्, आर्थिक अवस्था कमजोर भएका यही सेवा लिन्छन् । उनीहरु मर्दा पनि शुल्क तिर्नुपर्ने अवस्था देखेर सहयोगको भावना आएको बताए ।

उनले एक वर्षका लागि सम्झौता गरेको र कार्यान्वयन राम्रो भएमा आउँदा वर्षमा पनि सहयोग रहने बताए । कोरोना महामारी फैलिएका बेला अस्पताललाई हस्तान्तरण भएको शववाहन सञ्चालन गर्न सरकारी अनुदान नपाइने र अस्पतालको आन्तरिक आयले खर्च धान्न नसक्ने भएपछि अस्पतालले शुल्क लगाएको थियो ।

अब टीकापुर र लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिकाभित्र लैजाँदा शववाहनको शुल्क नलाग्ने भएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ९ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र