४ बैशाख २०८२, बिहिबार । April 17, 2025

यमपञ्चकको तेस्रो दिन कुकुर तिहार मनाइँदै



काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षाको प्रतिक कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ ।

कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको हो ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ९ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाडौं । चर्चित ललिता निवास जग्गा प्रकरणमा संलग्न भएको आरोप

बर्दघाट योग शिविर : तेस्रो दिनको प्रशिक्षण जीवनकला गौतम भुसालबाट सम्पन्न

नवलपरासी । बर्दघाट नगरपालिका– ७ स्थित त्रिनेत्रज्येष्ठ नागरिकदिवा सेवाकेन्द्रको आयोजनामा

लाख ९० हजार नाघ्यो सूनको मूल्य, चाँदी कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठूलो उछाल आएको

इन्फोडेभलपर्स र वन पोइन्टबीच डिजिटल बैंकिङ सशक्तिकरणका लागि सहकार्य

काठमाडौं । नेपालको प्रख्यात सफ्टवेयर तथा फिनटेक कम्पनी इन्फोडेभलपर्स प्रा.लि.

विमानस्थलमा यात्रुसँग दुर्व्यवहार गर्ने तीन प्रहरी हटाइए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएईबाट नेपाल फर्किएका एक यात्रुसँग