१३ बैशाख २०८२, शनिबार । April 27, 2025

विरोध खतिवडालाई आयोगले सोध्यो स्पष्टीकरण



काठमाडौं । निर्वाचन आयोगलले मकवानपुर क्षेत्र नं.२ मा नेकपा एकीकृत समाजवादी का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडा र मकवानपुर क्षेत्र नं. २ (ख) का नेपाली काँग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता विपरीत सहयोग रकम उपलब्ध गराएको विषयमा आयोगले उनिहरुलाई स्पष्टीकरण सोधेको हो । उम्मेदवार खतिवडा र बानियाँले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने मनहरी क्याम्पसका विद्यार्थीहरूलाई भ्रमणका लागि अग्रिम सहयोग रकम जनही रु १५ हजार उपलब्ध गराएको विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि आयोगले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको छ ।

आयोगले पत्रमा निर्वाचन आचारसंहिता, २०७९ को परिच्छेद २ को दफा ४ (न) मा “कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” स्मरण गराइएको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदाफा (१०) मा कुनै पनि उम्मेदवारले मतदातालाई प्रभाव पार्ने गरी नगद, जिन्सी दिन वा लिन नहुने भनी उल्लेख गरिएको छ । ।”

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  २ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनएसएलः ललितपुर लगातार दोस्रो पटक च्याम्पियन

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा ललितपुर सिटी

प्रतिविम्ब ओपन स्काउट क्र्यूको सातौँ वार्षिकोत्सव: नयाँ यात्राको उत्साह र संकल्प

काठमाडौं । नेपाल स्काउट अन्तर्गत सञ्चालनमा रहेको प्रतिविम्ब ओपन स्काउट

कान्ति लोकपथ सडकमा १५ दिनसम्म ६ घण्टा सवारी आवागमन बन्द

मकवानपुर । हेटौंडाबाट ठिंगन हुँदै काठमाडौं जाने प्रमुख मार्गको ठिंगन–बगुवा

एनएसएल २०२५ः विजेतालाई ८० लाख पुरस्कार, उपविजेताले कति पाउँछ ?

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को विजेताले ८०

शिक्षक-सरकार वार्ता भाँडियो ! परिस्थिति थप जटिल बन्ने संकेत

काठमाडौं । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले शिक्षा मन्त्रालयसँग वार्ता