१२ चैत्र २०८२, बिहिबार । March 26, 2026

आचारसंहित सच्याउन आयोगलाई जेटीयुसीसीको पत्र


६ कार्तिक २०७९, आइतबार  

267
Shares

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र(जेटीयुसीसी) ले श्रमिक कर्मचारीको राजनीतिक अधिकार कुण्ठित गर्ने गरि जारी गरिएको आचारसंहिता सुधार गर्न भन्दै निर्वाचन आयोगलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

आचारसंहिताले निजामति शिक्षक, प्राध्यापक, लगाएतका कर्मचारिहरुले निर्वाचनमा उम्मेदवारको पक्षमा मत जाहेर गर्न र प्रचार प्रसार गर्न निषेध गरेको र निषेधित काम गरे निलम्बन गर्न निर्वाचन आयोगबाट संवन्धित निकायमा पत्राचार भएको बिषले संविधानले दिएको ट्रेड युनियनको अधिकारलाई कुण्ठित गरेको पत्रमा उल्लेख गरिएको छ ।

संविधानको व्यवस्था, ट्रेड युनियन ऐन र विधानमा भएको व्यवस्था अन्तर्गत पेशाकर्मिको संरक्षणका लागि माग र एजेन्डा मिल्ने उम्मेदवारको पक्षमा अभिमत जाहेर गर्न रोक्नु संविधानको विपरित कार्य भएको पत्रमा उल्लेख गरिएको छ । निर्वाचनमा आफ्नो प्रतिनिधिको पक्षमा पनि प्रचार प्रसार गर्न नपाईने व्यवस्थाले लोकतन्त्रको मुल्य मान्यतालाई स्थापित गर्न नसक्ने जेटीयुसीसीको धारण छ ।

जेटीयुसीसीले निर्वाचन आचारसंहिताको दफा ७(क) (ख) र दफा १०(क) (ख) र (ग) साथै त्यसलाई कार्यान्वयन गर्न असोज २७ मा जारी भएको निर्देशन समेत तत्काल सच्याउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र