२ कार्तिक २०८३, सोमबार । October 19, 2026

संविधानको रक्षाका लागि गठबन्धनले जिताउनुपर्छ : अध्यक्ष नेपाल


६ कार्तिक २०७९, आइतबार  

21
Shares

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपालले गलत प्रवृत्ति र व्यक्तिको हातबाट नेतृत्व खोस्न पाँच दलीय गठबन्धन बनेको बताएका छन् ।

एमाले र जनता समाजवादी पार्टी (जसपा) बीचको गठबन्धनलाई अपवित्र गठबन्धनको संज्ञा दिँदै उनले मुलुकलाई संकटबाट जोगाउन र संविधानको रक्षाका लागि पनि गठबन्धनलाई जिताउनुपर्ने बताए । पाँच दलीय गठबन्धनद्वारा आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनको एकता र ऐक्यबद्धता नै हाम्रो संकल्प हो ।’ विसं २००७ देखि नै देश बचाउन कम्युनिष्ट र लोकतन्त्रवादी दलबीच तालमेल हुँदै आएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष नेपालले भ राजनीति सही मार्गमा गए मात्र समाजका समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन गठबन्धन निर्माण भएको बताए । उनले नेपाली जनतालाई बलियो बनाउन र अर्थतन्त्रलाई सुदृढ तुल्याउन गठबन्धनका उम्मेदवार जित्नुपर्ने विचार व्यक्त गरे । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरदसिंह भण्डारीले मधेसी, दलित, मुस्लिम, अल्पसङ्ख्यक, आदिवासी, जनजाति, पिछडिएका वर्गलगायत आमनेपालीलाई सुखी बनाउने लक्ष्य पूरा गर्न आफूहरुले गठबन्धन गरेको जिकिर गर्नुहुँदै गठबन्धनको पक्षमा मतदान गर्न सबैलाई आग्रह गरे ।

उनले मधेस मुद्दा सम्बोधन र नागरिकता समस्या समाधानका लागि तथा देशलाई अग्रगामी निकासका लागि गठबन्धन गरिएकाले सबैले गठबन्धनलाई जिताउने गरी अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १२ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि