२६ बैशाख २०८३, शनिबार । May 9, 2026

सुन तस्करीको आरोपमा आठ जना पक्राउ


५ कार्तिक २०७९, शनिबार  

6
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

उनीहरुबाट तस्करीको सुन पनि बरामद भएको छ । विमानस्थलको स्वागत गेटबाट भन्सार छलि ल्याएको सुन करिब ७० ग्राम सहित दाङ तुल्सीपुर उपमहानगरपालिका–४ बस्ने ३८ वर्षीय दल बहादुर डाँगीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको उडानद्वारा कतारबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उक्त सुन सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, भन्सार छलि ल्याएको सुन करिब २ सय ग्राम सहित रोल्पा सुनिल स्मृति गाउँपालिका–१ बस्ने ३५ बर्षीय हरि प्रसाद समेत ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इन्टर स्काइको उडानद्वारा कतार दोहाबाट अवुदावी हुँदै काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उक्त सुन फेला पारी प्रहरीले पक्राउ गरेको हो । यसैगरी विमानस्थलको स्वागत गेटबाट भन्साल छलि ल्याएको सुन करिब १ सय ५० ग्राम सहित महोत्तरी जलेश्वर नगरपालिका–७ का ३३ वर्षीय जमुना महतो समेत ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ओमन मस्कटबाट सलाम एयरको उडानद्वारा काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त सुन सहित फेला पारी पक्राउ गरि भन्सारमा बुझाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ७ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१