२२ फाल्गुन २०८२, शुक्रबार । March 6, 2026

बाजुरामा पाण्डे र थापाको रोचक भिडन्त


५ कार्तिक २०७९, शनिबार  

18
Shares

काठमाडौं । तीन पटकमा एक पटक झिनो मतले सफलता हात पारेका एमालेका कर्ण थापा र एक पटक पनि परीक्षण नभएका गठबन्धनका साझा उम्मेदवार वद्री पाण्डेबीच बाजुरामा रोचक प्रतिस्पर्धा हुने देखिन्छ । थापा एमालेका स्थायी समिति सदस्य हुन् भने पाण्डे नेपाली कांग्रेसका सहमहामन्त्री हुन् । थापा २०५६, ०६४ र ०७० मा निर्वाचन लड्दा ७० सालको निर्वाचनमा मात्र विजयी बनेका थिए । उनी सोही कार्यकालमा उद्योग मन्त्री बने । तर विवादमा परेपछि तत्कालिन प्रधानमन्त्री केपी ओलीले उनलाई मन्त्री पदबाट बर्खास्त गरेर आप्mना अर्का विश्वास पात्र महेश बस्नेतलाई मन्त्री बनाएका थिए । थापा केही वर्षपहिले पार्टी अनुशासनको कारवाहीमा समेत परेका व्यक्ति हुन् । उता अहिलेसम्म लाभको पदमा नपुगेका पाण्डे पहिलोपटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । ०४८, ०५६, ०६४ मा जितेको कांग्रेस आप्mनो विरासत फर्काउने तयारीमा छ भने एमाले कमब्याक गर्ने कसरतमा छ । यद्यपी एमालेका थापाका लागि आफू बाहेका कुनै दलको सहयोग नहुनु, आप्mनै दलभित्रको असहयोग, विगतको विवादास्पद छवी चुनाव जित्नका लागि चुनौतिको सामना त गर्नु नै छ, त्यसभन्दा बाहेक थापाकै चलखेलले अछाममा भीम रावलले टिकट नपाएको कुरा एमाले कार्यकर्ताबाट लुकेको बिषय भएन । यसको पनि चर्को मूल्य थापाले चुकाउनुपर्ने देखिन्छ । बाजुरामा रावलनिकट कार्यकर्ताको निर्णायक भोट छ । अहिले गठबन्धन मजबुत रहेकाले र विवादमा खासै नपरेका पाण्डेलाई निर्वाचन जित्न सहज देखिए पनि गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनको परिणाम हेर्ने हो भने उनी पनि ग्रीन जोनमा प्रवेश गरिसकेका छैनन् । जितका लागि पाण्डेलाई गठबन्धनको मत जोगाउनु पर्ने चुनौती छ ।

स्थानीय तहको अहिलेको अवस्था
बाजुरामा यस पटक स्थानीय निर्वाचनको परिणाम एमालेको अनुकूल देखिन्छ । ०७४ साल बैशाख ३० मा भएको निर्वाचनमा बाजुराका ९ पालिकामध्ये एमालेले ६ र कांग्रेसले ३ जितेको छ । यद्यपि बाजुराका दुई नगरपालिका र अधिकांश पालिकामा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । जिल्लाको जगन्नाथ गाउँपालिकामा मात्र कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो । खप्तड छेडेदह गाउँपालिका, स्वामी कार्तिक खापर गाउँपालि, गौमुल गाउँपालिकामा पनि दलहरु एक्लाएक्लै लडेका थिए । गौमुल गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित ६ वटै वडा एमालेले जितेको छ । यहाँ एमालेले ३ हजार ३ सय ३ मत पाएको छ । कांग्रेसको १ हजार ६ सय १३ मत छ । खप्तड छेडेदह गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस निर्वाचित भएको छ । कांग्रेसले ५ र एमालेले २ वडाध्यक्ष जितेको छ । यहाँ कांग्रेसको ३ हजार ३ सय ९०, एमालेको ३ हजार ४ सय १७, माओवादीको २ सय ६५ र स्वतन्त्रको ४ सय २० मत छ । त्रिवेणी नगरपालिका मेयर र उपमेयरसहित कांग्रेसले ६ वडा जितेको छ । माओवादीले २ र एमालेले १ वडा जितेको छ । यहाँ कांग्रेसको ४ हजार ५ सय ९६, एमालेको १ हजार ९ सय ३२ र माओवादीको १ हजार ८ सय १२ मत छ । जगन्नाथ गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित एमालेले ५ वडाध्यक्ष जितेको छ । एउटा वडामा माओवादी केन्द्र विजयी भएको छ । यहाँ एमालेको २ हजार ३ सय २२, माओवादीको ७ सय ६२ र कांग्रेसको १ हजार ६२ मत छ । बडिमालीका नगरपालिकामा अध्यक्ष र उपाध्यक्षसहित एमालेले ७ र कांग्रेसले २ वडाध्यक्ष जितेको छ । यहाँ एमालेको ३ हजार ६ सय १८ कांग्रेसको २ हजार ७ सय ४१, माओवादीको ३ सय ३१ र एकीकृत समाजवादीको ३ सय ९६ मत छ । बुढीगंगा नगरपालिकामा मेयर र उपमेयरसहित एमालेले ७ र कांग्रेसले ३ वडा जितेको छ । यहाँ एमालेको ४ हजार ५ सय ४२ मत, कांग्रेसको ३ हजार ५ सय ४१, माओवादीको ५८ एकीकृत समाजवादीको ३ सय ९३ मत छ ।
बुढीनन्दा नगरपालिकामा मेयरमा एमाले र उपमेयरमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । यहाँ एमालेले ७ र कांग्रेसले ३ वडाध्यक्ष जितेको छ । एमालेको ४ हजार ५ सय ५१, कांग्रेसको ३ हजार ४ सय ८६, एकीकृति समाजवादी २ सय ८५ र राप्रपाको १ सय १४ मत छ । स्वामी कार्तिक खापर गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित कांग्रेसले ३ वडा जितेको छ । एमाले र माओवादीले १–१ वडा जितेको छ । कांग्रेसले १ हजार ६ सय १८, एमालेले १ हजार ७ सय ३२ माओवादीले ७ सय ३२ र एकीकृत समाजवादीले ६ सय ९३ पाएको छ । हिमाली गाउँपालिका अध्यक्षसहित कांग्रेसले ४ वडा जितेको छ । एमालेले उपाध्यक्षसहित ३ वडा जितेको छ । यहाँ कांग्रेसको २ हजार ३ सय ०७ , एमालेको २ हजार ३६, माओवादीको २ सय ६२, स्वतन्त्रको ५५ र एकीकृत समाजवादीको २१ मत छ । स्थानीय निर्वाचनको मत अनुसार गठबन्धनसँग ३० हजार ३ सय ६४ र एमालेसँग २७ हजार ४ सय ५३ मत छ । पाण्डे २ हजार ९ सय ११ मतले अगाडि छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ६ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по