१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

सीपीसीको नेतृत्वमा पुन: सी जिनपिङ चयन


५ कार्तिक २०७९, शनिबार  

0
Shares

एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशनले सी जिनपिङलाई तेस्रो कार्यकालका लागि पनि चयन गरेको छ ।

शनिबार सम्पन्न महाधिवेशनले सर्वोच्च नेता सी लाई महासचिवमा चयन गरेको हो । गएको १६ अक्टोबरदेखि राजधानी बेइजिङमा सुरु भएको महाधिवेशनले ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय गरेको छ । सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो ।

यसमा सीले चिनियाँ विशेषता अनुसारको नयाँ चिनियाँ समाजवादी समाज निर्माण गर्ने अवधारणा राखेका छन् । त्यस्तै महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी पनि चयन गरेको छ । महाधिवेशनबाट उच्च तहका चारजना नेताले अवकाश लिएको चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।

अवकाश पाउने नेताहरूमा यसअघि पोलिटब्यूरो स्थायी समितिमा रहेका ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेन रहेका छन् । आगामी आईतबार बस्ने नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकबाट पोलिटब्यूरो र पोलिटब्यूरो स्थायी समिति चयन गरिने छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ५ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था