२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

कलाका विभिन्न विधाहरुलाई एकीकृत गर्नुपर्छः उपकुलपति शर्मा


१२ आश्विन २०७९, बुधबार  

0
Shares

काठमाडौँ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप–कुलपति एवं वरिष्ठ कलाकार हरिहर शर्माले कलाका विभिन्न विधाहरूलाई एकीकृत गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

मंगलवार नेपाल म्युजिक भिडियो निर्देशक समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले नेपाली कलाको क्षेत्रमा अर्को एक नयाँ संस्थाको उदय भएकोमा खुशी व्यक्त गरे । चलचित्र र म्युजिक भिडियोको महत्व समान रहेको बताए ।उनले गीत नभई चलचित्र पूर्ण हुन नसक्ने भन्दै गीत र चलचित्रलाई समान व्यवहार गर्नुपर्ने बताए ।

शर्माले म्युजिक भिडियोको महत्व दर्शाउँदै भने, ‘सानो होस् या ठूलो चलचित्र होस् वा म्युजिक भिडियो होस् यि सबैको उत्तिकै महत्व छ । यदि हामीले चलचित्रबाट गीतलाई अलग्गै निकाल्ने हो भने त्यो गीतलाई म्युजिक भिडियोको रुपमा हेर्न सकिन्छ ।’ त्यस्तै समाजका अध्यक्ष विधान कार्कीले नेपाली म्युजिक भिडियो निर्देशकहरुको परिचय र पहिचान स्थापित गर्दै उनीहरूका हकहितका लागि काम गर्ने उद्देश्यका साथ संस्थाको स्थापना भएको बताए ।

उनले म्युजिक भिडियोलाई राज्यबाट पहिचान दिलाई संस्थागत गर्ने काममा संस्था लागिरहेको बताए । कार्यक्रममा कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले अहिले एउटा चलचित्र कर्मीले बनाएको फिल्ममा अर्कोले खुट्टा तान्ने काम भइरहेको बताए । उनले प्रेमगीत ३ टिमले खर्च गरेअनुसारको लगानी उठाउन चलचित्र विकास बोर्डले ल्याएको करको नीतिले मारमा पर्‍यौं भन्ने आग्रह कुनै संघसंस्थामा गरेको खण्डमा यस्ता अफवाह नफैलिने बताए ।

उनले प्रेमगीत टिमले कुनै आग्रह बिना नै चलचित्र विकास बोर्डका अध्यक्षमाथि आरोप लगाएको बताए । नेपाल म्युजिक भिडियो निर्देशक समाजले नेपाली म्युजिक भिडियो क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने तीन जना निर्देशकहरुलाई सो अवसरमा सम्मान प्रदान गरेको थियो । वरिष्ठ म्युजिक भिडियो निर्देशकत्रय सहेन्द्र श्रेष्ठ, प्रकाश भट्ट र संगीता श्रेष्ठलाई म्युजिक भिडियोको क्षेत्रमा पुर्‍याएको योगदान स्वरुप विशिष्ट सम्मान गरिएको थियो ।

समाजका संरक्षक बाबुराजा केसी ‘उज्ज्वल’ तथा सल्लाहकारहरु वरिष्ठ गायक, संगीतकार, गीतकार, चलचित्र लेखक तथा निर्देशक नारायण रायमाझी, नेपाली गीतसंगीत तथा चलचित्रका डिजिटल प्रवर्द्धक ओम प्रकाश अग्रवाल, चर्चित निर्देशक एवं कोरियोग्राफर शिव बि.क. र प्रेस सल्लाहकार जीवन पराजुलीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

वरिष्ठ गायक, संगीतकार, गीतकार, चलचित्र लेखक तथा निर्देशक नारायण रायमाझी

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ५ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ