६ श्रावण २०८३, बुधबार । July 22, 2026

महोत्तरीका ४ हजार ६२७ उम्मेदवारलाई जरिवाना


१२ आश्विन २०७९, बुधबार  

0
Shares

जलेश्वर । स्थानीय तह निर्वाचनमा समयभित्र निर्वाचन खर्च विवरण नबुझाउने महोत्तरीका चार हजार ६ सय २७ जनालाई जरिवाना गरिएको छ ।

जिल्ला निर्वाचन अधिकारी सुबोधकुमार महतोका अनुसार महोत्तरीका १५ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला, दलित तथा खुल्ला सदस्य पदका गरी जम्मा चार हजार ६ सय २७ उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना गरेको छ । जिल्लामा रहेका १५ स्थानीय तहमा उम्मेदवार बनेका चार हजार आठ सय २९ उम्मेदवारमध्ये दुई सय दुई जनाले मात्र निर्वाचनमा खर्च गरेको खर्च विवरण बुझाएको तथा बाँकी चार हजार ६ सय २७ जनाले खर्च विवरण नबुझाएको उनले जानकारी दिए ।

निर्वाचन आयोगले नगरपालिकाका प्रमुख/उपप्रमुखका उम्मेदवारलाई चार लाख ५० हजार र वडाध्यक्ष तथा सदस्य पदका उम्मेदवारलाई जनही दुई लाखको दरले जरिवाना तोकेको छ । त्यसैगरी गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षलाई तीन लाख ५० हजार तथा वडाध्यक्ष र सदस्यहरुलाई एक लाख ५० हजारका दरले जरिवाना तोकिएको छ । निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र चुनाव खर्च विवरण बुझाउनुपर्ने कानुनी प्रावधान रहेकामा जिल्लामा निर्वाचनमा चार हजार आठ सय २९ उम्मेदवारमध्ये दुई सय दुईजनाले मात्रै खर्च विवरण बुझाएका थिए भने चार हजार ६ सय २७ जनाले तोकिएको समयमा खर्च विवरण बुझाएका थिएनन् ।

जिल्लाका चार हजार ६ सयभन्दा बढी उम्मेदवारहरुले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको समेत बेवास्ता गरेका थिए । उनीहरुलाई आयोगले गत भदौ १ देखि ७ गतेसम्म लिखित स्पष्टीकरण बुझाउने समय दिएको थियो । तर सो समयमा जिल्लाका केही उम्मेदवारहरुले मात्रै लिखित स्पष्टीकरण पेस गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनमा उम्मेदवार भएका जिल्लाको खर्च विवरण नबुझाउने उम्मेदवारहरुले आयोगले तोकेको दण्डको रकम एकपटकका लागि माफ गरी थप एक चोटि म्याद दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । निर्वाचनको खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोग ऐन, २०७३ अनुसार राजनीतिक दल वा उम्मेदवारले गरेको खर्च वा पाँच लाखमध्ये जुन बढी हुन्छ सोही बराबरको रकम निर्वाचन आयोगले जरिवाना गर्ने व्यवस्था गरेको छ ।

त्यस्तै ६ महिनासम्म जरिवाना रकम नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन वा उम्मेदवार हुन नपाउने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ४ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर