१ कार्तिक २०८३, आइतबार । October 18, 2026

महोत्तरीका ४ हजार ६२७ उम्मेदवारलाई जरिवाना


१२ आश्विन २०७९, बुधबार  

0
Shares

जलेश्वर । स्थानीय तह निर्वाचनमा समयभित्र निर्वाचन खर्च विवरण नबुझाउने महोत्तरीका चार हजार ६ सय २७ जनालाई जरिवाना गरिएको छ ।

जिल्ला निर्वाचन अधिकारी सुबोधकुमार महतोका अनुसार महोत्तरीका १५ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला, दलित तथा खुल्ला सदस्य पदका गरी जम्मा चार हजार ६ सय २७ उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना गरेको छ । जिल्लामा रहेका १५ स्थानीय तहमा उम्मेदवार बनेका चार हजार आठ सय २९ उम्मेदवारमध्ये दुई सय दुई जनाले मात्र निर्वाचनमा खर्च गरेको खर्च विवरण बुझाएको तथा बाँकी चार हजार ६ सय २७ जनाले खर्च विवरण नबुझाएको उनले जानकारी दिए ।

निर्वाचन आयोगले नगरपालिकाका प्रमुख/उपप्रमुखका उम्मेदवारलाई चार लाख ५० हजार र वडाध्यक्ष तथा सदस्य पदका उम्मेदवारलाई जनही दुई लाखको दरले जरिवाना तोकेको छ । त्यसैगरी गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षलाई तीन लाख ५० हजार तथा वडाध्यक्ष र सदस्यहरुलाई एक लाख ५० हजारका दरले जरिवाना तोकिएको छ । निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र चुनाव खर्च विवरण बुझाउनुपर्ने कानुनी प्रावधान रहेकामा जिल्लामा निर्वाचनमा चार हजार आठ सय २९ उम्मेदवारमध्ये दुई सय दुईजनाले मात्रै खर्च विवरण बुझाएका थिए भने चार हजार ६ सय २७ जनाले तोकिएको समयमा खर्च विवरण बुझाएका थिएनन् ।

जिल्लाका चार हजार ६ सयभन्दा बढी उम्मेदवारहरुले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको समेत बेवास्ता गरेका थिए । उनीहरुलाई आयोगले गत भदौ १ देखि ७ गतेसम्म लिखित स्पष्टीकरण बुझाउने समय दिएको थियो । तर सो समयमा जिल्लाका केही उम्मेदवारहरुले मात्रै लिखित स्पष्टीकरण पेस गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनमा उम्मेदवार भएका जिल्लाको खर्च विवरण नबुझाउने उम्मेदवारहरुले आयोगले तोकेको दण्डको रकम एकपटकका लागि माफ गरी थप एक चोटि म्याद दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । निर्वाचनको खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोग ऐन, २०७३ अनुसार राजनीतिक दल वा उम्मेदवारले गरेको खर्च वा पाँच लाखमध्ये जुन बढी हुन्छ सोही बराबरको रकम निर्वाचन आयोगले जरिवाना गर्ने व्यवस्था गरेको छ ।

त्यस्तै ६ महिनासम्म जरिवाना रकम नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन वा उम्मेदवार हुन नपाउने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ४ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि