११ चैत्र २०८२, बुधबार । March 26, 2026

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता राष्ट्रपतिले उद्घाटन गर्ने


११ आश्विन २०७९, मंगलबार  

0
Shares

काठमाडौँ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएका छन् ।

युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष महेश्वर गहतराज अथकले उद्घाटन समारोहमा उपस्थित हुन गरेको आग्रह राष्ट्रपति भण्डारीले स्विकार गरेका हुन् । मंगलबार राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीसहित शितल निवास पुगेका मन्त्री अथकले राष्ट्रपति भण्डारीलाई औपचारीक निमन्त्रण पत्र समेत प्रदान गरेका छन् ।

असोज २८ गतेदेखी सुरु हुने प्रतियोगिताको उद्घाटन समारोह पोखरा रंगशालामा हुने तय भइसकेको छ । यस्तै कात्तिक ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले नवौंको राष्ट्रिय खेलकुदको समापन गर्ने तालिका रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ र एनआरएनए गरी ११ टिमले सहभागिता जनाउने छन ।

प्रतियोगिताका लागि सोमबारसम्म करिव ५५ सय खेलाडीहरुको नाम दर्ता भइसकेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १० : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali