१० पुस २०८२, बिहिबार । December 26, 2025

भारत र जापानका प्रधानमन्त्रीबीच भेटवार्ता



एजेन्सी । भारत र जापानका प्रधानमन्त्री बीच मंगलवार जापानको राजधानी टोकियोमा भेटवार्ता भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार बिहानै जापानको टोकियो उत्रिएका थिए । उनले जापानका समकक्षी फुमियो किशिदासँग दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा छलफल गरेका छन् । जापानका पूर्व प्रधानमन्त्री सिन्जे आबेको अन्त्येष्टि समारोहमा सहभागी हुन मोदी टोकियो आएका हुन् ।

आबेको गत जुलाई ८ मा जापानको नारा सहरमा हत्या भएको थियो । चुनाव प्रचार प्रसारको सिलसिलामा नाराको मुख्य चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गरिरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो । गोली प्रहार हुने बित्तिकै उनलाई तत्काल अस्पताल लगिएको भएपनि चिकित्सकहरूले उनलाई बचाउन नसकिएको भन्दै मृत घोषणा गरेका थिए ।

कडा सुरक्षाका बीचमा पनि उनको हत्या भएपछि धेरैले आश्चर्य मानेका थिए भने आम नागरिकमा निकै लोकप्रिय नेताका रुपमा चिनिएका आबेको अचानक हत्या भएपछि विश्वभरबाट दुःख व्यक्त भएको थियो ।

जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री भएका आबेको ७६ वर्षको उमेरमा निधन भएको हो ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १० : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist