५ असार २०८३, शुक्रबार । June 19, 2026

साततले दरबार पुनःनिर्माणका लागि चिनियाँ प्राविधिक टोली नुवाकोटमा


११ आश्विन २०७९, मंगलबार  

0
Shares

नुवाकोट । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु-याएको नुवाकोटको ऐतिहासिक साततले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणका लागि चिनियाँ टोली नेपाल आएको छ ।

चीन सरकारले जिम्मेवारी लिएको सो दरबारसहित आसपासमका विभिन्न सात संरचनाको पुनःनिर्माण तथा मर्मतसम्भारका लागि चिनियाँ पक्षले विदुर नगरपालिका–२ स्थित दरबार क्षेत्रमा आएर प्राविधिक अध्ययन सुरु गरेको हो । ९ इञ्जीनियर सहित करिब २० जनाको प्राविधिक टोलीले साततले दरबारको जग, दरबारको गारो र छानाको वस्तुस्थिति अध्ययन अघि बढाएको नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अर्जुन फुँयालले जानकारी दिएका छन् ।

कार्यालय प्रमुख फुँयालका अनुसार भूकम्पले क्षति पु-याएका संरचना पुनःनिर्माणमा सहयोग पु-याउने कार्यक्रमअन्तर्गत नेपाल र चीन सरकारबीच दरबारसहित यहाँका थप सात धार्मिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका संरचनाको पुनःनिर्माण गर्ने समझदारी भएको हो ।

सोहीअनुसार वि.सं २०७६ जेठमा ९मा पुरातत्व विभाग र ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’बीच ४५ महिनाभित्रमा पुनःनिर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो ।“विसं २०७६ साउनमा पहिलोपटक कार्यक्षेत्रमा आइपुगेको चिनियाँ पक्षले साततले दरबार र तलेजु भवानीको मन्दिरलाई थप क्षति हुनबाट जोगाउन खट बनाएर नयाँ वर्षपछि सन् २०२०मा फर्किने भनेर गएको थियो ।

चिनियाँ कम्पनीका प्राविधिकहरू स्वदेश फर्केलगत्तै सुरु भएको कोरोनाको जोखिमले रोकिएको पुनःनिर्माण अघि बढाउन प्राविधिक अध्ययनको टोली दरबारमा आइपुगेको हो ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १२ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा