७ जेष्ठ २०८१, सोमबार । May 20, 2024

साततले दरबार पुनःनिर्माणका लागि चिनियाँ प्राविधिक टोली नुवाकोटमा



नुवाकोट । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु-याएको नुवाकोटको ऐतिहासिक साततले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणका लागि चिनियाँ टोली नेपाल आएको छ ।

चीन सरकारले जिम्मेवारी लिएको सो दरबारसहित आसपासमका विभिन्न सात संरचनाको पुनःनिर्माण तथा मर्मतसम्भारका लागि चिनियाँ पक्षले विदुर नगरपालिका–२ स्थित दरबार क्षेत्रमा आएर प्राविधिक अध्ययन सुरु गरेको हो । ९ इञ्जीनियर सहित करिब २० जनाको प्राविधिक टोलीले साततले दरबारको जग, दरबारको गारो र छानाको वस्तुस्थिति अध्ययन अघि बढाएको नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अर्जुन फुँयालले जानकारी दिएका छन् ।

कार्यालय प्रमुख फुँयालका अनुसार भूकम्पले क्षति पु-याएका संरचना पुनःनिर्माणमा सहयोग पु-याउने कार्यक्रमअन्तर्गत नेपाल र चीन सरकारबीच दरबारसहित यहाँका थप सात धार्मिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका संरचनाको पुनःनिर्माण गर्ने समझदारी भएको हो ।

सोहीअनुसार वि.सं २०७६ जेठमा ९मा पुरातत्व विभाग र ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’बीच ४५ महिनाभित्रमा पुनःनिर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो ।“विसं २०७६ साउनमा पहिलोपटक कार्यक्षेत्रमा आइपुगेको चिनियाँ पक्षले साततले दरबार र तलेजु भवानीको मन्दिरलाई थप क्षति हुनबाट जोगाउन खट बनाएर नयाँ वर्षपछि सन् २०२०मा फर्किने भनेर गएको थियो ।

चिनियाँ कम्पनीका प्राविधिकहरू स्वदेश फर्केलगत्तै सुरु भएको कोरोनाको जोखिमले रोकिएको पुनःनिर्माण अघि बढाउन प्राविधिक अध्ययनको टोली दरबारमा आइपुगेको हो ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १२ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जेठ ६ गते आइतबार दिनभर के–के भयो ?

सहकारी ठगीमा मेरो संलग्नता छैन्ः रवि गृहमन्त्री रवि लामिछानेले आफू

पार्टी छाडेका सांसदलाई संसदीय गतिविधिमा रोक्न माग गर्दै उपेन्द्र सर्वोच्चमा

काठमाडौं । जसपा नेपाल छाडेका आशेक राईसहित ७ सांसदलाई मतदानमा

गुरुङ गाउँका घाटु नाच हराउँदै, संरक्षणमा सोरबिस्नाका गुरुङ

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ मा अवस्थित सोरबिस्ना गाउँका गुरुङहरु

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि

सहकारी ठगी प्रकरणः कार्यदल बैठक निष्कर्षविहीन

काठमाडौं । सहकारी ठगी बिषयमा छानबिन गर्ने संसदीय समितिको कार्यदेश