२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

माओवादीले छाड्यो मधेश प्रदेश सरकारको साथ

जनकपुर । मधेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । आइतबार मन्त्रीहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा दिएका हुन् । माओवादीसँगै नेकपा एमालेले पनि मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।