२७ बैशाख २०८२, शनिबार । May 11, 2025

रक्षा सहयोग बढाउन जापान र अष्ट्रेलिया सहमत



एजेन्सी । जापानी प्रधानमन्त्री फुमियो किशिदा र अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजले एशिया प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावका बीच दुई राष्ट्रहरू बीच व्यावहारिक रक्षा सहयोग बढाउन सहमत भएका छन् ।

अष्ट्रेलियाको तीन दिने भ्रमणमा रहेका किशिदाले अल्बानीजसँगको संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्दै जापान र अष्ट्रेलियाले अन्तरराष्ट्रिय नियम र मापदण्डहरू उल्लङ्घन गर्ने देशहरू विरुद्ध कारबाही गर्न सहमत भएको क्योडो समाचार एजेन्सीले उल्लेख गरेको छ।

चिनियाँ राष्ट्रपति सी तेस्रो कार्यकालका लागि निर्वाचित हुँदै गर्दा चीनले ताइवान विरुद्ध आफ्नो सैन्य उत्तेजकतालाई तीव्र पार्ने चिन्ताका बीच उनिहरु बीचको सो सम्झौता बाहिर आएको हो। पछिल्लो घोषणामा, किशिदा र अल्बानीजले पूर्व जापानी प्रधानमन्त्री शिन्जो आबेले वकालत गरेको स्वतन्त्र र खुला इन्डोप्यासिफिकू को महत्त्व बारे पुनः पुष्टि गर्ने खालको आशय अभिव्यक्त गरेका छन् ।

सी पुन निर्वाचित भएपछि बेइजिङको कूटनीतिक नीति कसरी परिवर्तन हुन सक्छ भन्ने अध्ययनको विषय भएकाले दुई नेताले सो घोषणामा उक्त विषयलाई कूटनीतिकरूपमा सम्बोधन गरेका छन् । सन् २००७ मा, आबे र तत्कालीन अष्ट्रेलियाका प्रधानमन्त्री जोन होवार्डले साझा रणनीतिक चासो र सुरक्षा लाई मान्यता दिने कागजातमा हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  २ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप