२७ बैशाख २०८३, आइतबार । May 10, 2026

रक्षा सहयोग बढाउन जापान र अष्ट्रेलिया सहमत


५ कार्तिक २०७९, शनिबार  

0
Shares

एजेन्सी । जापानी प्रधानमन्त्री फुमियो किशिदा र अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजले एशिया प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावका बीच दुई राष्ट्रहरू बीच व्यावहारिक रक्षा सहयोग बढाउन सहमत भएका छन् ।

अष्ट्रेलियाको तीन दिने भ्रमणमा रहेका किशिदाले अल्बानीजसँगको संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्दै जापान र अष्ट्रेलियाले अन्तरराष्ट्रिय नियम र मापदण्डहरू उल्लङ्घन गर्ने देशहरू विरुद्ध कारबाही गर्न सहमत भएको क्योडो समाचार एजेन्सीले उल्लेख गरेको छ।

चिनियाँ राष्ट्रपति सी तेस्रो कार्यकालका लागि निर्वाचित हुँदै गर्दा चीनले ताइवान विरुद्ध आफ्नो सैन्य उत्तेजकतालाई तीव्र पार्ने चिन्ताका बीच उनिहरु बीचको सो सम्झौता बाहिर आएको हो। पछिल्लो घोषणामा, किशिदा र अल्बानीजले पूर्व जापानी प्रधानमन्त्री शिन्जो आबेले वकालत गरेको स्वतन्त्र र खुला इन्डोप्यासिफिकू को महत्त्व बारे पुनः पुष्टि गर्ने खालको आशय अभिव्यक्त गरेका छन् ।

सी पुन निर्वाचित भएपछि बेइजिङको कूटनीतिक नीति कसरी परिवर्तन हुन सक्छ भन्ने अध्ययनको विषय भएकाले दुई नेताले सो घोषणामा उक्त विषयलाई कूटनीतिकरूपमा सम्बोधन गरेका छन् । सन् २००७ मा, आबे र तत्कालीन अष्ट्रेलियाका प्रधानमन्त्री जोन होवार्डले साझा रणनीतिक चासो र सुरक्षा लाई मान्यता दिने कागजातमा हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  २ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फ्लाई नेपा ट्राभल्सलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ अवार्ड

काठमाडौं । नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको

Embassy of Russia in Nepal Marks Victory Day Celebration in Kathmandu

Kathmandu- The Russian Embassy celebrated the Victory Day with great

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा