२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

मलेसियामा आम निर्वाचन हुँदै



काठमाडौं । मलेसियामा आगामी मङ्सिर ३ गते आम निर्वाचन हुने भएको छ ।

मलेसियाली निर्वाचन आयोगले बिहीबार दिएको जानकारी अनुसार उम्मेदवारहरूको मनोनयन यही कात्तिक २० गते हुनेछ भने आधिकारिक चुनाव प्रचारका लागि दुई हप्ताको समय दिइएको निर्वाचन आयोगका अध्यक्ष अब्दुल घानी सल्लेहले बताएका छन् । कुल दुई करोड ११ लाख ७३ हजार छ सय ३८ मतदातालाई सेवा दिन तीन लाख ६३ हजार पाँच सय १५ जना निर्वाचन अधिकृत खटाइने छ ।

देशभर आठ हजार नौ सय ५८ मतदान केन्द्र सञ्चालन गरिने छन् । सन् २०२० को फेव्रुवरीमा पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदको राजीनामापछि दुई जना प्रधानमन्त्री नियुक्त भए पनि देशमा राजनीतिक अनिश्चितताको अन्त्य नभएकाले प्रधानमन्त्री इस्माइल साब्री याकोबले गत असोज २४ गते संसद् विघटन गरेर तत्काल निर्वाचनका निम्ति मार्ग प्रशस्त गरेका थिए ।

दुई वर्षअघि मुहिद्दिन यासिन प्रधानमन्त्रीमा नियुक्त भए पनि आफ्नै गठबन्धनबाट संसदका सदस्यहरूले समर्थन फिर्ता लिएपछि राजीनामा दिएका थिए । त्यसपछि इस्माइल साबरीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ४ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको