२८ चैत्र २०८१, शुक्रबार । April 11, 2025

चीनले जी–२० मा इण्डोनेशियालाई सघाउने



काठमाडौं । चीनले इन्डोनेशियालाई विश्वका प्रमुख विकसित र विकासशील अर्थतन्त्रहरूको अन्तरसरकारी मञ्च जी–२० मा इण्डोनेशियालाई सघाउने घोषणा गरेको छ ।

यही कात्तिक २९ गते इण्डोनेशियाको बालीमा हुने जी–२० को शिखर बैठकमा समूहको अध्यक्षको रूपमा आफ्नो भूमिका निर्वाह गर्न इण्डोनेशिया सक्षम रहेको जनाउँदै चीनले उसलाई सम्मेललनमा सघाउने एवम् भावी योजना र रणनीतिमा आफ्नो समर्थन रहने बताएको हो ।

शिखर सम्मेलनले विश्वव्यापी कोभिड–१९ प्रतिको प्रतिकार्य, आर्थिक पुनरुत्थान, खाद्य सुरक्षा तथा ऊर्जामा योगदान गर्ने अपेक्षा चीनको रहेको बिहीबार एक जना वरिष्ठ चिनियाँ कूटनीतिज्ञले बताएका हुन् । उप विदेशमन्त्री मा झाओसुले बाली शिखर सम्मेलनको “एकसाथ सुदृढ पुनः प्राप्तिको नारालाई चीनको समर्थन रहेको बताउँदै कोभिड–१९ प्रतिको प्रतिकार्यका निम्ति अन्तर्राष्ट्रिय सहयोगलाई सुदृढ तुल्याउन, विश्वव्यापीरूपमा आर्थिक सुधार प्रवद्र्धनगर्ने, विश्वव्यापी खाद्य र ऊर्जा सुरक्षा सुनिश्चित गर्नेलगायत क्षेत्रमा शिखर सम्मेलनले सक्रिय एवम् रचनात्मक भूमिका निर्वाह गर्ने बताए ।

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उप विदेशमन्त्री माले समूहको सदस्यको रूपमा चीनले अन्तर्राष्ट्रिय आर्थिक सहयोग र विश्वव्यापी आर्थिक सुशासनमा सक्रिय भाग लिइरहेको, दिगो, सन्तुलित एवम् समावेशी वृद्धिलाई अघि बढाउन अन्य पक्षहरूसँग मिलेर काम गरिरहेको बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ३ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आफ्नै सुरक्षाको लागि आत्मसमर्पण: प्रसाईँ सचिवालय

काठमाडौं । सामाजिक तथा राजनीतिक क्षेत्रका चर्चित व्यक्तित्व दुर्गा प्रसाईले

एलओडी क्लब विश्वकै ४४ औं स्थानमा उक्ल्यो

काठमाडौं । ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्‍वकै

‘एडुक्लेभ ३.०’: नेपालको शिक्षा क्षेत्रको सम्भावना र चुनौतीमाथि गहिरो मन्थन

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको

चाइना साउदर्नले काठमाडौं–ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सुरु

काठमाडौं । चाइना साउदर्न एयरलाइन्सले नेपाल–चीन हवाई सेवा विस्तार गर्ने

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. केशरजंग बरालले दिएको राजीनामा