२७ बैशाख २०८३, आइतबार । May 10, 2026

चीनले जी–२० मा इण्डोनेशियालाई सघाउने


३ कार्तिक २०७९, बिहिबार  

0
Shares

काठमाडौं । चीनले इन्डोनेशियालाई विश्वका प्रमुख विकसित र विकासशील अर्थतन्त्रहरूको अन्तरसरकारी मञ्च जी–२० मा इण्डोनेशियालाई सघाउने घोषणा गरेको छ ।

यही कात्तिक २९ गते इण्डोनेशियाको बालीमा हुने जी–२० को शिखर बैठकमा समूहको अध्यक्षको रूपमा आफ्नो भूमिका निर्वाह गर्न इण्डोनेशिया सक्षम रहेको जनाउँदै चीनले उसलाई सम्मेललनमा सघाउने एवम् भावी योजना र रणनीतिमा आफ्नो समर्थन रहने बताएको हो ।

शिखर सम्मेलनले विश्वव्यापी कोभिड–१९ प्रतिको प्रतिकार्य, आर्थिक पुनरुत्थान, खाद्य सुरक्षा तथा ऊर्जामा योगदान गर्ने अपेक्षा चीनको रहेको बिहीबार एक जना वरिष्ठ चिनियाँ कूटनीतिज्ञले बताएका हुन् । उप विदेशमन्त्री मा झाओसुले बाली शिखर सम्मेलनको “एकसाथ सुदृढ पुनः प्राप्तिको नारालाई चीनको समर्थन रहेको बताउँदै कोभिड–१९ प्रतिको प्रतिकार्यका निम्ति अन्तर्राष्ट्रिय सहयोगलाई सुदृढ तुल्याउन, विश्वव्यापीरूपमा आर्थिक सुधार प्रवद्र्धनगर्ने, विश्वव्यापी खाद्य र ऊर्जा सुरक्षा सुनिश्चित गर्नेलगायत क्षेत्रमा शिखर सम्मेलनले सक्रिय एवम् रचनात्मक भूमिका निर्वाह गर्ने बताए ।

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उप विदेशमन्त्री माले समूहको सदस्यको रूपमा चीनले अन्तर्राष्ट्रिय आर्थिक सहयोग र विश्वव्यापी आर्थिक सुशासनमा सक्रिय भाग लिइरहेको, दिगो, सन्तुलित एवम् समावेशी वृद्धिलाई अघि बढाउन अन्य पक्षहरूसँग मिलेर काम गरिरहेको बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ३ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फ्लाई नेपा ट्राभल्सलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ अवार्ड

काठमाडौं । नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको

Embassy of Russia in Nepal Marks Victory Day Celebration in Kathmandu

Kathmandu- The Russian Embassy celebrated the Victory Day with great

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा