२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

बङ्गलादेशमा डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो, ३० भन्दा बढी अझै बेपत्ता



बङ्गलादेश । बङ्गलादेशको उत्तरी क्षेत्रमा आइतबार डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।

डुङ्गा दुर्घटनामा ३० देखि ४० जना अझै बेपत्ता रहेको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । प्रहरी निरिक्षक सिराजुल हुडाका अनुसार राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको कराटोया नदीमा सोमबार थप सात जनाको शव फेला परेको छ ।

अधिकारीका अनुसार करिब १०० जना यात्रु बोकेको डुङ्गा आइतबार दिउँसो डुबेको थियो । सोमबार दिउँसो सिन्ह्वासँग फोनमार्फत जानकारी दिँदै प्रहरी अधिकारीले भने, “सोमबार बिहान थप सात जनाको शव फेला परेको छ । यससँगै आइतबार २५ जनाको मृत्यु भएकोमा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।” “अझै हराइरहेका ३० देखि ४० जनाको खोजी कार्य जारी छ,” उनले भने । ’डुङ्गालाई तानेर किनारमा लगिएको छ ।

ती प्रहरी अधिकारीका अनुसार उद्धारकर्ताहरूले नदीको पानीको बहाव र पानीको कडा बहाववीच उद्धार कार्य जारी राखिरहेका छन् । प्रहरीका अनुसार डुङ्गामा क्षमताचन्दा अत्यधिक भार भएका कारण डुबेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ६ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको