८ चैत्र २०८२, आइतबार । March 22, 2026

मुस्लिम इत्तेहाद संगठनले देउवालाई बुझायो ज्ञापनपत्र


२६ माघ २०७९, बिहिबार  

30
Shares

काठमाडौं । मुस्लिम इत्तेहाद संगठन नेपालले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई १० बुँदे ज्ञापनपत्र बुझाएको छ ।
संगठनका अध्यक्ष ताज मोहम्मद मियाको नेतृत्वमा बिहीबार गएको प्रतिनिधिमण्डलले कांग्रेस सभापति देउवा निवासमा विभिन्न माग राख्दै ज्ञापनपत्र वुझाएको हो । ज्ञापन पत्रमा आफ्ना मागहरु सरकार समक्ष विशेष पहल गरीदिन माग गरेको छ । मागपत्रमा मुस्लिम समुदायको राजनीतिक सामाजिक, आर्थिक, शैक्षिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा पहुँच तथा विकासको लागि गर्नुपर्ने कामका बारे उल्लेख गरिएको छ ।

उक्त पत्रमा बहुसंख्यक गरीबीबाट पिल्सिएकाहरू अहिले सामान्य सम्मानित जीवनयापनको लागि पनि निकै ठुलो अप्ठ्यारोमा छन् । शिक्षा, स्वास्थ्य, रोजगारको अवसरबाट बञ्चित छन् । यसमा आम मुस्लिम महिलाहरूको अवस्था अझ कमजोर छ । यसलाई पनि ध्यानमा राखेर विशेष नीतिहरू बनाउनु पर्ने आवश्यकता उल्लेख गरीएको छ ।

संविधानमा भएको व्यवस्थाहरुलाई व्यवहारमा कार्यान्वयन गर्नका लागि कतिपय ऐन नियमहरू बनाउनु पर्ने, संशोधन गर्न पर्ने लगायत विषयहरु उल्लेख गरीएको छ । वर्तमान निर्वाचन निर्देशिका अनुसार परिभाषित ६ वटा क्लस्टर मध्ये तुलनात्मक रूपमा कम मुस्लिम जनसंख्या रहेका बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा समानुपातिक निर्वाचनबाट प्रदेश सभामा मुस्लिम समुदाय समावेश भएर जाने अवस्था नै नरहेको हुँदा यी प्रदेशहरूमा पनि मुस्लिम समुदायलाई समेट्ने गरी निर्देशिका संशोधन गर्न माग गरीएको छ ।

प्रतिनिधि मण्डलसँगको भेटका क्रममा कांग्रेस सभापति देउवाले सो समुदायका माग प्रति आफू सकारात्मक रहेको प्रतिवध्दता व्यक्त गर्दै ति विषयहरुलाई पूर्णता दिन आफूले सरकार समक्ष पहल गर्ने जनाएका छन् । केही दिन अघि पनि उक्त संगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि ध्यानाकर्षण गराएको थियो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ३ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो