२८ चैत्र २०८१, शुक्रबार । April 11, 2025

महासचिव गुटेरेस भारतमा



एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस दुई दिने औपचारिक भ्रमणका क्रममा मङ्गलबार राति भारत आइपुगेका छन् ।

विदेश मन्त्रालयका एक अधिकारीका अनुसार महासचिव गुटरेशलाई छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजलगायत अन्य अधिकारीले स्वागत गरेका थिए । जनवरी २०२२ मा आफ्नो दोस्रो कार्यकाल सुरु गरेपछि गुटेरेसको यो पहिलो भारत भ्रमण हो । उनले यसअघि अक्टोबर २०१८ मा पनि भारत भ्रमण गरेका थिए ।

भ्रमणको क्रममा उनी बिहीबार ‘मिसन लाइफ’ ‘पर्यावरणका लागि जीवन शैली’ पुस्तिका, लोगो र ‘ट्यागलाइन’ को विमोचन कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग सामेल सहभागी हुनेछन । विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले महासचिव गुटरेससँग विश्वव्यापी चासोका मुद्दाका साथै संयुक्त राष्ट्रसङ्गसँग भारतको संलग्नतालाई अझ प्रगाढ बनाउने विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रुसी पत्रकारहरूलाई ६ वर्षसम्मको जेल सजाय

एजेन्सी | रुसी अभियोजनकर्ताहरूले विपक्षी नेता एलेक्सी नाभाल्नीको प्रतिबन्धित सङ्गठनसँग

नेपाल सुपर लिग: चितवनलाई हराउँदै ललितपुर शीर्ष स्थानमा

काठमाडौं । नेपाल सुपर लिग (NSL) फुटबल प्रतियोगितामा साविक विजेता

आईपीएलः दिल्लीको अपराजित यात्रा कायमै, बेंग्लुरूलाई ६ विकेटले हरायो

एजेन्सी । जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बेंग्लुरूको एम

हडसन नदीमा हेलिकप्टर दुर्घटना, ६ जनाको ज्यान गयो

एजेन्सी । अमेरिकाको न्यूयोर्कस्थित हडसन नदीमा भएको एक दर्दनाक हेलिकप्टर

कति पुग्यो अमेरिकी डलर ? यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको