१३ बैशाख २०८२, शनिबार । April 26, 2025

सोलुखुम्बुका ११० सामुदायिक विद्यालय बन्द



सोलुखुम्बु । सोलुखुम्बुका एक सय १० सामुदायिक विद्यालय बन्द भएका छन् ।

अत्यधिक चिसोका कारण जिल्लाका दुई सय ६८ सामुदायिक विद्यालयमध्ये एक सय सय १० यतिखेर बन्द छन् । आठ पालिका रहेको जिल्लाको सोताङ गाउँपालिकाबाहेक अन्य सबै पालिकाका अधिकांश विद्यालय बन्द छन् । खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेका १७ विद्यालयमध्ये १४ बन्द छन् भने सोलुदूधकुण्ड नगरपालिकाका ६२ विद्यालयमध्ये ५८ बन्द रहेको शिक्षा शाखा संयोजक सन्तोषकुमार राउतले बताए ।

खुम्बुमा पुस दोस्रो साताबाट ४० दिनसम्मका लागि विद्यालय बन्द गरेको खुम्बुका गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताए । नगरपालिकाभित्रका विद्यालय यही माघ २५ गतेपछि मात्रै खुल्ने जनाइएको छ । थुलुङदूधकोसी गाउँपालिकाका ५२ विद्यालयमध्ये १२ बन्द रहेको पालिकाका प्रवक्ता भोजराज कार्कीले बताए ।

यस्तै महाकुलुङ गाउँपालिकाका २० मध्ये सात विद्यालय बन्द रहेको पालिकाका शिक्षा शाखा संयोजक झमक कटवालको भनाइ छ । लिखुपिके गाउँपालिकाका २२ विद्यालयमध्ये सात बन्द रहेको शिक्षा शाखाप्रमुख गोमादेवी खड्काले बताइन् । नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईका अनुसार पालिकाभित्र रहेका ३४ मध्ये तीन विद्यालय बन्द छन् ।

माप्यदूधकोसी गाउँपालिकाका ३९ मध्ये चार विद्यालय बन्द छन् । हिमाली भेगमा चिसो अत्यधिक हुने भएको धेरैजसो विद्यालयले प्रत्येक वर्ष पुसरमाघमा जाडो बिदा दिने गरेका छन् भने केहीले बर्खे बिदा दिने गरेको शिक्षा विकास तथा समन्वय एकाइ सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठले बताए ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ३ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कान्ति लोकपथ सडकमा १५ दिनसम्म ६ घण्टा सवारी आवागमन बन्द

मकवानपुर । हेटौंडाबाट ठिंगन हुँदै काठमाडौं जाने प्रमुख मार्गको ठिंगन–बगुवा

एनएसएल २०२५ः विजेतालाई ८० लाख पुरस्कार, उपविजेताले कति पाउँछ ?

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को विजेताले ८०

शिक्षक-सरकार वार्ता भाँडियो ! परिस्थिति थप जटिल बन्ने संकेत

काठमाडौं । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले शिक्षा मन्त्रालयसँग वार्ता

स्वास्थ्यका लागि दौड: खस्यौली म्याराथन २०८२

बुटवल । स्वास्थ्यको लागि दौड भन्ने नारासहित खस्यौली लायन्स म्याराथन

शिक्षक आन्दोलनः २४ दिनपछि खुल्यो संवादको ढोका ! होला त सहमति ?

काठमाडौं । शिक्षकहरूको आन्दोलन २४ दिन नाघिसकेको छ र यसै