२७ बैशाख २०८३, आइतबार । May 10, 2026

इटलीमा दक्षिणपन्थी पक्षका उम्मेदवार धेरै विजयी हुने प्रक्षेपण


१० आश्विन २०७९, सोमबार  

0
Shares

एजेन्सी । इटलीमा भएको संसदीय निर्वाचनमा दक्षिणपन्थी पक्षधर उम्मेदवारहरु धेरै विजयी हुने प्रक्षेपण गरिएको छ ।

इटलीका विभिन्न संघ संस्था र निकायहरुले गरेको सर्वेक्षणमा अति दक्षिणपन्थी नेता जोर्जा मलोनी नेतृत्वको गठवन्धनका उम्मेदवारहरुले धेरै जित्ने देखाएका हुन् । उनको गठवन्धन विजयी भएमा उनी नै प्रधानमन्त्री बन्ने निश्चित भइसकेको छ । मलोनी प्रधानमन्त्रीमा निर्वाचित भएमा उनी इटलीको पहिलो महिला प्रधानमन्त्री बनेर इतिहास रच्नेछ । त्यसैगरी सर्वेक्षण सत्य भएमा इटलीमा दोस्रो विश्वयुद्ध पछि पहिलो पटक अति दक्षिणपन्थीहरुले सरकार बनाउने मौका पाउनेछन् ।

युरोपेली मुलुक इटलीमा हुने सत्ता परिवर्तनले युरोपलाई नै प्रभावित पार्ने आँकलन गरिएको छ । युरोपेली देशहरु मध्ये तेस्रो ठूलो अर्थतन्त्र भएको इटलीमा बन्ने सरकार र त्यसले गर्ने कामले अन्य देशहरुलाई असर पार्ने भएको हो । मतदानपछि प्रतिक्रिया दिदै मलोनीले आफ्नो पार्टी ब्रदर्श अफ इटलीले सबैलाई समान व्यवहार गर्ने र जनताको विश्वास अनुसार काम गर्ने अठोट व्यक्त गरे । उनको पार्टीले २४.७ प्रतिशत मत प्राप्त गरी सबैभन्दा ठूलो दल बन्ने प्रक्षेपणमा देखाइएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।

देशको तल्लो सदनका सदस्य चयनका लागि आइतबार मतदान भएको हो । निकै काम मतदाता मात्रै यस पटकको निर्वाचनमा सहभागी भएका थिए । निर्वाचन आयोगका अनुसार ६३.८२ प्रतिशत मत मात्रै खसेको थियो । यस अघि सन् २०१८ मा भएको निर्वाचनमा भने योभन्दा झण्डै १० प्रतिशत बढी मत खसेको थियो ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ६ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फ्लाई नेपा ट्राभल्सलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ अवार्ड

काठमाडौं । नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको

Embassy of Russia in Nepal Marks Victory Day Celebration in Kathmandu

Kathmandu- The Russian Embassy celebrated the Victory Day with great

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा