२२ बैशाख २०८२, सोमबार । May 6, 2025

दक्षिण पश्चिम पाकिस्तानमा चार आतङ्ककारी मारिए



एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको खारान जिल्लामा प्रहरीले गरेको आतङ्कवाद विरोधी अभियानमा चार जना आतङ्ककारी मारिएका छन् ।

सिटिडीका अनुसार जिल्लामा आतङ्ककारी गतिविधि गर्ने योजनामा रहेका आतङ्ककारीहरू रहेको सूचनाका आधारमा उक्त अपरेशन गरिएको हो । उक्त क्षेत्रमा प्रहरी पुग्दा आतङ्ककारीहरूले अन्धाधुन्ध गोली प्रहार गरेका थिए जसको जवाफी कारबाहीमा ती आतङ्ककारी मारिएका हुन् । झण्डै एक घण्टासम्म चलेको गोली हानाहानमा चार आतङ्ककारी मारिएका हुन् ।

मारिएका आतङ्ककारीहरूबाट हातहतियार, गोली र विस्फोटक पदार्थ बरामद भएको र आतङ्ककारी सञ्जालका बाँकी सदस्यहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ७ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेयर बजारमा गिरावट : नेप्से परिसूचक र कारोबार रकम दुबै घटे

काठमाडौं । साताको दोस्रो दिन पनि नेपालको सेयर बजारमा ओरालो

जनताको नजरमा सरकार ढलिसक्योः प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी

श्रद्धा कपूर बनिन भारतकी सबैभन्दा महँगी अभिनेत्री ! कति छ पारिश्रमिक ?

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री श्रद्धा कपूर अहिले भारतकै सबैभन्दा

धनकुटाको गोठगाउँमा यात्रुबाहक बस दुर्घटना, एकको मृत्यु, १३ घाइते

धनकुटा । धरानबाट धनकुटातर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा पर्दा

प्रचण्डको प्रश्नःराष्ट्रिय गौरवका आयोजनालाई किन बेवास्ता ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले