२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

वादी समुदायको जीविकोपार्जनका लागि परिणामुखी पहल गर्छौंः प्रधानमन्त्री दाहाल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि परिणामुखी पहल गरिने बताएका छन् ।

शनिबार बिहान प्रधानमन्त्रीको नीजि निवास बालुवाटारमा बधाई तथा ज्ञापन पत्र दिन आएका वादी समुदायका अगुवाहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले पहिलोपटक प्रधानमन्त्री हुँदा वादी समुदायका पक्षमा मन्त्रीपरिषदबाट निर्णय गरेको स्मरण गराउँदै उक्त निर्णय कार्यान्वयनमा देखिएका समस्या हल गर्ने बताए ।

उनले भने “म पहिलोपटक प्रधानमन्त्री हुँदा वादी समुदायको आत्मसम्मान, जीविकोपार्जन र व्यवस्थित पुनस्र्थापनाका लागि निर्णय गरेको स्मरण छ । इतिहासमैं पहिलोपटक राज्यले औपचारिकरुपमा वादी समुदायलाई सम्बोधन गरेको पौष २३ को दिनलाई विजयोत्सवका रुपमा मनाउनु पर्छ ।” उनले भने , “ वादी उत्थान विकास समितिलाई सक्रिय बनाउँदै समुदायले भोग्नुपरेका समस्या हल गर्न हामी सरकारका तर्फबाट प्रभावकारी पहल गर्छौं ।”

वादी समुदायका प्रतिनिधिहरुले प्रधानमन्त्री दाहाललाई कार्यकाल सफलताको शुभकामना दिँदै वादी समुदायले भोग्नुपरेका शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिकता, पुनस्र्थापना र विकास समितिको सक्रियता जस्ता विषयमा ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री दाहाललेनै वादी समुदायका पक्षमा पहिलोपटक प्रधानमन्त्री हुँदा राजनीतिकरुपमा सम्बोधन गरेकोमा धन्यवाद दिँदै उनिहरुले अहिलेको कार्यकालमा कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ८ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको