२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

राजापुर र गेरुवामा एक हजार घर डुबानमा


२५ आश्विन २०७९, मंगलबार  

3
Shares

बर्दिया । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका एक हजार चार सय घर डुबानमा परेका छन् ।

पछिल्लो साता लगातार भएको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढी बस्तीमा पुगेकाले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका एक हजार चार सय घर डुबानमा परेर अधिकांश बासिन्दा विस्थापित भएका छन् । विस्थापित र अति पीडितको सुबिधाका लागि सात ठाउँमा खानाको मेस चलाएर खाना खुवाइरहेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए। बाढी पीडित क्षेत्रमा यसवर्ष पनि धानबाली क्षति भएको छ ।

गतवर्ष धान काट्दै गर्दा बाढी आएर बगाएको थियो भने यसवर्ष पनि पाकेको धानबाली ढाल्ने र हिलोले पुर्ने गरेको गेरुवा वडा नं ४ का किसान भूमिसरा चलाउनेले बताए। धानको क्षति भएकाले यसवर्ष पनि आफूहरु बिचल्लीमा परेको अर्का किसान सुन्दरी थरुनीले बताए। गतवर्ष पनि धानको क्षतिको विवरण लिएर गए पनि धानको क्षतिपूर्ति नदिएको उनको गुनासो थियो।

मानवीय क्षति भएको छैन तर धानबाली, खाद्यन्न र घर क्षति भएको राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले बताए। उनका अनुसार कर्णाली नदी व्यवस्थापन आयोजनामा पर्याप्त बजेट नआउँदा नदीको व्यवस्थापन हुन सकेको छैन ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  २ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ