१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

इरानको जेलमा झडप हुँदा मानवीय क्षतिको आशङ्का



एजेन्सी । उत्तरी इरानको गिलान प्रान्तस्थित एक बन्दीगृहमा त्यहाँका बन्दीहरुका बीचमा भिडन्त भएको बताइएको छ ।

सो भिडन्तमा परेर कैयौँ कैदीबन्दी मारिएका अनुमान गरिएको छ । इरानको अर्ध सरकारी समाचार समिति मेहरले सो कुराकोे जानकारी दिएको छ । सो समितिका अनुसार आइतबार उक्त सहरको लकान बन्दीगृहमा रहेका कैदीहरुका बीचमा झडप भएको थियो । गिलान प्रान्तको प्रान्तीय राजधानी प्रान्तको लाकान सहरमा रहेको जेलमा सो झडप भएको थियो ।

यहाँका एक जेल अधिकारीका अनुसार सो बन्दीगृहमा रहेका कैदीबन्दीहरुका बीचको आपसी विवाद बढ्दै गएपछि एक आपसमा भिडन्त भएको बताइएको छ । यस क्रममा भएको झडप र दुई पक्षबीचको भिडन्तमा परेर केही बन्दीको ज्यान गएको बताइएको छ । तर त्यसमा परेर के कतिजनाको ज्यान गयो भन्ने बारेमा भने केही खुलाइएको छैन ।

जेलका अधिकारीले यस विषयमा अनुसन्धान जारी रहेको बताएका छन् । इरान सरकारका एकजना अधिकारीले उक्त जेलमा रहेका बन्दीहरु पक्ष विपक्षमा रहेर गरेको भिडन्तमा परेर कैयौँ बन्दीको ज्यान गएको आफ्नो नाम नबताउने सर्तमा जनाएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको