२३ बैशाख २०८२, मंगलबार । May 7, 2025

यातायात प्राधिकरणको स्थापनापछि दुर्घटना न्यूनीकरण हुन्छ:मेयर शाह



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले यातायात प्राधिकरणको स्थापनापछि काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

संघीय संसदबाट काठमाडौं उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरणका लागि विधेयक पारित भएको उल्लेख गर्दै उनले सडक दुर्घटना न्यूनीकरण हुँदै जाने बताए । सबै सार्वजनिक सवारी साधनहरुको शेयर बराबर हुनेगरी विधेयक पास भएकाले सवारी साधनहरुबीच अस्वस्थ प्रतिस्पर्धा भई दुर्घटना हुने क्रममा कमी आउने मेयर साहको भनाइ थियो । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सार्वजनिक यातायातमा हुने जामका कारण मोटरसाइकल लगायतका दुई पाङग्रे सवारी साधनको चाप बढेको उल्लेख समेत गरे ।

मेयर शाहले काठमाडौं उपत्यका भित्र हुने सवारी दूर्घटनामा परी घाईते भएकाहरुको तत्काल उपचार हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि प्रयास भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ७ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्से सूचकमा हल्का सुधार, हाइड्रोपावरको दबदबा कायम

काठमाडौं । मंगलबारको सेयर बजार कारोबार सामान्य उकालो लागेर सकिएको

त्रियुगा नदीमा आएको बाढीमा यात्रुवाहक बस बग्यो, चालक–सहचालक सकुशल

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई–बेल्हा गाउँको बीचबाट बग्ने

कमला नदीमा बाढीः अस्थायी पुल बगायो, हुलाकी राजमार्ग अवरुद्ध

जनकपुरधाम । लगातारको वर्षाका कारण सिरहा र धनुषा जोड्ने कमला

सांसद वाग्लेको कटाक्षः ‘७ बुँदे सहमति मजाक बनेको छ, कमेडी कार्यक्रम झैँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम

विष्णुमती करिडोरको कंकेश्वरी क्षेत्र जलमग्न, सवारी आवागमन प्रभावित

काठमाडौं । काठमाडौं महानगरपालिका–१९ अन्तर्गत पर्ने विष्णुमती करिडोरको कंकेश्वरी क्षेत्रमा