८ आश्विन २०८३, बिहिबार । September 24, 2026

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी


८ आश्विन २०८३, बिहिबार  

0
Shares

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जर्नलिस्ट फर जस्टिस नेपाल (जेजेएन) र रसियन यूनियन अफ जर्नलिस्ट (आरयूजे) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सेप्टेम्बर २३ मा रुसको राजधानी मस्कोमा आयोजित कार्यक्रममा आरयूजे का अध्यक्ष भ्लादिमिर सोलोभ्योभ (Vladimir Solovyev) र जेजेएनका अध्यक्ष टीकाराम खड्काले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारीपत्रमा हस्ताक्षरपछि आरयूजे का अध्यक्ष सोलोभ्योभले दुई संस्थाबीचको सहकार्यले नेपाल र रुसका पत्रकारबीच सहकार्य तथा अनुभव आदानप्रदानका साथै पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धिमा ठूलो योगदान पुग्ने बताए।

जेजेएन का अध्यक्ष खड्काले पनि दुई संस्थाबीचको सहकार्यमार्फत पत्रकारहरूको व्यावसायिक सीप तथा क्षमता विकास, सेमिनार र द्विपक्षीय भ्रमणलाई सहजीकरण गर्नुका साथै पत्रकारिताका विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउने उद्देश्य रहेको बताए।

समझदारीअनुसार नेपाल र रुसका पत्रकार तथा दुवै संस्थाका प्रतिनिधिबीच प्रतिनिधिमण्डल आदानप्रदान, व्यावसायिक अनुभव तथा पत्रकारिताका अभ्यास आदानप्रदान गरिनेछ। त्यस्तै, प्रेस टुर, संयुक्त सेमिनार तथा प्रेस सम्मेलन आयोजना गर्ने र विभिन्न बैठक, कार्यक्रम तथा फोरममा आपसी सहभागिता जनाउने विषयसमेत समझदारीमा समेटिएको छ।

पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि तालिम तथा व्यावसायिक विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था पनि समझदारीपत्रमा गरिएको छ। साथै, पत्रकारिता अध्यापन गराउने विश्वविद्यालय तथा शैक्षिक संस्थाबीच सहकार्य र आदानप्रदानलाई प्रोत्साहन गर्ने विषयलाई समेत प्राथमिकतामा राखिएको छ।

जेजेएन का अनुसार दुई संस्थाबीच समझदारी कायम गराउन काठमाडौंस्थित रुसी दूतावासले आवश्यक समन्वय गरेको थियो। समझदारीपत्रमा हस्ताक्षरका लागि आवश्यक समन्वय तथा सहयोग गरेकोमा जेजेएन ले रुसी दूतावासप्रति आभार व्यक्त गरेको छ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  १ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको