२९ बैशाख २०८३, मंगलबार । May 12, 2026

निभान अस्पताल भ्रमणमा अर्ली बोर्डिङ स्कुलका यू.के.जी. विद्यार्थी उत्साहित


२९ बैशाख २०८३, मंगलबार  

0
Shares

बुटवल । अर्ली बोर्डिङ स्कुलका यू.के.जी. कक्षामा अध्ययनरत विद्यार्थीहरूले निभान अस्पताल प्रा. लि. को शैक्षिक भ्रमण गरेका छन्।

बालबालिकालाई व्यवहारिक तथा सिर्जनात्मक शिक्षासँग जोड्ने उद्देश्यले आयोजना गरिएको उक्त भ्रमणका क्रममा विद्यार्थीहरूले अस्पतालको वातावरण, स्वास्थ्य सेवा तथा विभिन्न स्वास्थ्यसम्बन्धी गतिविधिबारे नजिकबाट जानकारी लिएका थिए।

भ्रमणका क्रममा साना विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए । उनीहरूले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँग अन्तरक्रिया गर्नुका साथै स्वास्थ्यसम्बन्धी आधारभूत जानकारी प्राप्त गरेका थिए। विद्यालयले यस्ता गतिविधिले बालबालिकामा जिज्ञासा, आत्मविश्वास र व्यवहारिक ज्ञान अभिवृद्धि हुने विश्वास लिएको जनाएको छ।

विद्यालय परिवारले भ्रमणलाई सफल बनाउन सहयोग पुर्‍याउनु हुने डा. चन्द्रमणि बश्याल प्रति विशेष आभार व्यक्त गरेको छ। अस्पतालको आत्मीय स्वागत, आतिथ्यता तथा मार्गदर्शनले विद्यार्थीहरूलाई थप प्रेरित बनाएको विद्यालयले जनाएको छ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ३ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

निभान अस्पताल भ्रमणमा अर्ली बोर्डिङ स्कुलका यू.के.जी. विद्यार्थी उत्साहित

बुटवल । अर्ली बोर्डिङ स्कुलका यू.के.जी. कक्षामा अध्ययनरत विद्यार्थीहरूले निभान

पर्वत जाँदै गरेको बस अर्घाखाँचीमा दुर्घटना, करिब ३० जना घाइते

अर्घाखाँची । सुपादेउरालीबाट पर्वततर्फ जाँदै गरेको ग १ ख ५०४

सरकारसँग ‘स्पिड’ र ‘स्प्रिट’ मिलाउन इप्पान महासचिवमा युवा इन्जिनियर मिथुन पौडेलको उम्मेदवारी घोषणा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आगामी

स्वच्छ बुटवलका लागि रुद्रगण र एम.आर.आर. टिम बुटवलको उदाहरणीय पहल

बुटवल । नेपाल सरकारले सञ्चालन गरेको सरसफाई सप्ताह अभियानप्रति स्वागत

फ्लाई नेपा ट्राभल्सलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ अवार्ड

काठमाडौं । नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको