१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

लुम्बिनी वल्ड स्कुलमा नयाँ नेतृत्व चयन, गोपाल टण्डन अध्यक्षमा सर्वसम्मत


१ फाल्गुन २०८२, शुक्रबार  

24
Shares

बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाले गोपाल टण्डनको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरेको छ। विद्यालयको समग्र शैक्षिक तथा प्रशासनिक सुदृढीकरणलाई केन्द्रमा राख्दै सात सदस्यीय समिति गठन गरिएको हो।

नवनिर्वाचित समितिमा फूलसिंह क्षेत्री, गोकर्ण पाण्डे, प्रेमनारायण बेल्बासे, श्रीमती सुम्निमा शर्मा पाठक र जनिजनारायण श्रेष्ठ सदस्यका रूपमा रहेका छन्। विद्यालयका प्राचार्य विष्णुप्रसाद ढकाल सदस्य–सचिवको जिम्मेवारीमा रहने व्यवस्था गरिएको छ।

नवगठित समितिको पहिलो बैठकले महेन्द्रनारायण श्रेष्ठलाई विद्यालयको प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय समेत गरेको छ। विद्यालयको दीर्घकालीन रणनीति निर्माण र गुणस्तर अभिवृद्धिमा उनको अनुभव उपयोगी हुने विश्वास व्यक्त गरिएको छ।

नवनिर्वाचित अध्यक्ष टण्डनले विद्यालयलाई प्रदेशकै नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित अघि बढ्ने प्रतिबद्धता जनाए। उनले शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार विस्तार र प्रविधिमैत्री शिक्षण प्रणालीलाई प्राथमिकतामा राखिने जानकारी दिए। साथै, विद्यालयको समग्र उन्नयनका लागि अभिभावक, शुभेच्छुक र सरोकारवालाको निरन्तर साथ र सहयोग अपरिहार्य रहने उनले उल्लेख गरे।

उद्योगी, व्यवसायी, चिकित्सक, इन्जिनियर तथा देश–विदेशमा अध्ययन–अध्यापन गरेका व्यक्तिहरूको पहलमा स्थापना भएको विद्यालयको तेस्रो साधारण सभा योगेश घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  १० : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था