२३ चैत्र २०८२, सोमबार । April 6, 2026

इलाम पहिरोः पाँच पालिकामा १८ जनाको ज्यान गयो


१९ आश्विन २०८२, आइतबार  

12
Shares

काठमाडौं । इलाममा गएको भीषण पहिरोले कम्तीमा १८ जनाको ज्यान लिएको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति भएको हो । डीएसपी राईका अनुसार सूर्योदय–१ मानेभञ्ज्याङमा पाँच जना, माङसेबुङ–१ पाटी गाउँमा तीन जना, देउमाई–५ ढोरेमा एक जना, देउमाई–५ धुसुनेमा दुई जना, फाकफोकथुम गाउँपालिकाको रातमाटेमा एक जना र इलाम नगरपालिकाको घोसगाउँमा छ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

मृतकहरूको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन । पहिरोका कारण स्थानीय बस्तीहरूमा ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ । उद्धारका लागि सशस्त्र प्रहरी बल श्रीअन्तु गणको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीयहरूका अनुसार वर्षासँगै आएको पहिरोले घर र खेतसमेत बगाएको छ, जसका कारण इलामका विभिन्न ठाउँमा जनजीवन अस्तव्यस्त बनेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ११ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने