चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहान सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको छ।
इच्छाकामना गाउँपालिका–५ तुइनखोलाको आसपासमा चट्टानसहितको ठूलो पहिरो खस्दा सवारीसाधन रोकिएका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउन हाल दुईवटा ‘जेसिभी’ परिचालन गरिएको छ। “चट्टानसमेत खसेकाले केही समय लाग्ने देखिए पनि छोटै समयमा सडक सञ्चालन गर्ने तयारी भइरहेको छ,” ।
सडक अवरुद्ध हुँदा नारायणगढ–मुग्लिन हुँदै गन्तव्यतर्फ गएका सवारीसाधन सडकमै रोकिएका छन्।







प्रतिक्रिया