२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

जम्मु–कश्मीर बाढी अपडेटः मृत्यु हुनेको संख्या ४५ पुग्यो


३० श्रावण २०८२, शुक्रबार  

21
Shares

एजेन्सी । भारतको जम्मु–कश्मीरको किश्तवाड जिल्लामा हिजो बिहान आएको आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ।

चाशोती क्षेत्रमा बिहान करिब ११:३० बजे आरीघोप्टे वर्षापछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४५ पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अहिलेसम्म ३५ जनाको शव अस्पताल पुर्‍याइएको छ, जसमा ११ जनाको मात्र पहिचान भएको छ।

१ सयभन्दा बढी मानिस घाइते भएका छन्, जसमा ७० जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। मृतकको संख्या अझै बढ्ने आशंका गरिएको छ। राहत तथा उद्धार कार्यलाई तीव्र बनाउन सुरक्षाकर्मीहरूलाई ६०–६० जनाका पाँच समूहमा विभाजन गरिएको छ। ती टोलीहरू प्रभावित क्षेत्रमा निरन्तर उद्धारमा खटिएका छन्।

यो आकस्मिक बाढीले स्थानीय बस्ती, सडक र पूर्वाधारमा समेत ठूलो क्षति पुर्‍याएको जनाइएको छ। प्रभावित परिवारलाई अस्थायी आश्रयस्थलमा सार्ने काम भइरहेको छ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ६ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ