४ श्रावण २०८३, सोमबार । July 21, 2026

गाजामा इजरायली आक्रमणमा ५ पत्रकारको मृत्यु, अल जजीराको तीव्र निन्दा


२६ श्रावण २०८२, सोमबार  

9
Shares

काठमाडौं । गाजा सिटीमा आइतबार साँझ भएको इजरायली आक्रमणमा पाँच जना पत्रकारले ज्यान गुमाएका छन्।

अल जजीराका अनुसार, आक्रमण अल-शिफा अस्पतालको मुख्य प्रवेशद्वार बाहिरको पालमा बसेका बेला भएको हो। उक्त घटनामा सात जनाको मृत्यु भएको र मृतकमध्ये अल जजीराका संवाददाता अनस अल-शरीफ, मोहम्मद क्रेकेह, क्यामेराम्यान इब्राहिम जहेर, मोहम्मद नौफल र मोमेन अलिवा रहेका छन्।

करीब दुई साताअघि अल जजीराले इजरायल रक्षा बल (आईडीएफ)माथि आफ्ना पत्रकारहरूलाई लक्षित गरेर ‘उत्तेजनाको अभियान’ सञ्चालन गरेको आरोप लगाएको थियो। आक्रमणपछि आईडीएफले अनस अल-शरीफमाथि आक्रमण भएको पुष्टि गर्दै उनलाई हमासको एक आतंकवादी सेलको प्रमुखका रूपमा चित्रित गरेको छ।

गत महिना इजरायली सेनाका प्रवक्ता अवीचाई अद्राईले सामाजिक सञ्जालमार्फत अल-शरीफलाई हमासको सैन्य शाखाको सदस्य भएको दाबीसहित भिडियो सार्वजनिक गरेका थिए। अल जजीरा मिडिया नेटवर्कले विज्ञप्ति जारी गर्दै यो हत्या ‘प्रेस स्वतन्त्रतामाथिको स्पष्ट र योजनाबद्ध आक्रमण’ भएको दाबी गर्दै कडा शब्दमा निन्दा गरेको छ। विज्ञप्तिमा भनिएको छ, “यो आक्रमण गाजामा जारी इजरायली कारबाहीका विनाशकारी परिणामहरूको बीचमा भएको हो, जसले नागरिकको हत्या, जबरजस्ती भोकमरी र समुदायको विनाश निम्त्याएको छ।”

अल जजीराका प्रबन्ध सम्पादक मोहम्मद मोआदका अनुसार, अनस अल-शरीफ गाजाको वास्तविकता विश्वसमक्ष पुर्‍याउने साहसी पत्रकारमध्येका एक थिए। उनले बीबीसीसँग भने, “उनीहरूलाई आफ्नो पालमै लक्षित गरिएको थियो, उनीहरू अग्रपंक्तिमा थिएनन्। इजरायली सरकारले गाजाबाट हुने स्वतन्त्र रिपोर्टिङलाई पूर्णरूपमा रोक्न खोजेको स्पष्ट देखिन्छ।”

युद्ध सुरु भएपछि अन्तर्राष्ट्रिय पत्रकारहरूलाई गाजामा स्वतन्त्र रूपमा रिपोर्टिङ गर्न नदिई स्थानीय पत्रकारमै भर पर्नु परेको उल्लेख गर्दै बीबीसीले यो घटना प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको बताएको छ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १० : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर