२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

दुई दशकपछि अन्ततः चिरनिद्रामा सुते साउदीका राजकुमार वालिद


४ श्रावण २०८२, आइतबार  

57
Shares

काठमाडौं । साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको दुःखद निधन भएको छ। उनी झन्डै २० वर्षसम्म कोमामा रहेका थिए।

सन् २००५ मा १५ वर्षको उमेरमा बेलायतको लन्डनमा सैनिक तालिमका क्रममा कार दुर्घटनामा परेपछि उनी गम्भीर घाइते भए। मस्तिष्कमा गहिरो चोट र रक्तस्रावपछि उनी अचेत अवस्थामा पुगेका थिए। त्यस यता राजकुमार वालिदलाई ‘स्लीपिङ प्रिन्स’ (सुतिरहेको राजकुमार) भनेर चिनिन्थ्यो।

अमेरिकी र स्पेनिस चिकित्सकहरूको संयुक्त प्रयासबाट उपचार भए पनि उनी कहिल्यै होसमा फर्कन सकेनन्। उनको अवस्थाले केवल साउदी मात्रै होइन, विश्वभरका मानिसहरूको सहानुभूति बटुलेको थियो। कहिलेकाहीँ हुने शरीरका हल्का गतिविधिहरूले परिवारमा आशा जाग्ने गर्थ्यो।

राजकुमारका पिता खालिद बिन तलालले चिकित्सकहरूको जीवन समर्थन उपकरण हटाउने सुझाव अस्वीकार गर्दै छोरा एकदिन निको हुने विश्वास राखे। उनी निरन्तर राजकुमारको शय्या छेउ बसेर कुरानको पाठ सुनाउँथे, छोरा वालिदलाई चुम्बन गर्दै हौसला दिन्थे।

सन् २०२५, जुलाई १९ मा साउदीको एक विशेष स्वास्थ्य केन्द्रले राजकुमारको निधनको पुष्टि गरेपछि देशभर श्रद्धाञ्जलीको लहर छाएको छ। धैर्यता, पितृमाया र विश्वासको प्रतीकका रूपमा सम्झिनेहरूप्रति गल्फ न्युजले पनि सम्मान व्यक्त गरेको छ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ९ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ