चितवन । चितवनको भरतपुर–२९ सिमलतालबाट एक भारतीय नम्बर प्लेटको मिनी ट्रक त्रिशूली नदीको किनारमा खसेको छ।
नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गतको उक्त स्थानबाट उक्त दुर्घटना मंगलबार राति भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँतर्फ गइरहेको यूपी ३२ जेड एन ७८८३ नम्बरको ट्रकमा मेवा लोड गरिएको थियो। अचानक सन्तुलन गुमाएर ट्रक त्रिशूली नदीको किनारतिर खसेको जनाइएको छ।
दुर्घटनामा ट्रक चालक २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह सामान्य घाइते भएका छन्। दुवै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
यसअघि पनि सोही स्थान त्रिशूली नदी नजिकै सन् २०२३ को असार २८ गते दुईवटा बस पहिरोसहित नदीमा खसेका थिए। ती दुई बसमा ६२ जना यात्रु सवार थिए, जसमा ३९ जना अझै पनि हराइरहेका छन्।







प्रतिक्रिया