१ आश्विन २०८३, बिहिबार । September 18, 2026

गुजरातमा पुल भत्किँदा ९ जनाको ज्यान गयो, सरकारमाथि लापरवाहीको आरोप


२५ असार २०८२, बुधबार  

9
Shares

एजेन्सी । भारतको पश्चिमी राज्य गुजरातस्थित वडोदरा जिल्लामा रहेको एक पुरानो पुल भत्किँदा ९ जनाको दुःखद मृत्यु भएको छ।

आनन्द र पड्रालाई जोड्ने गम्भीरा नदीमाथिको यो झन्डै ९०० मिटर लामो पुल आइतवार राति अचानक भत्किएको हो। पुल भत्किँदा दुई ट्रक, दुई कार र एक रिक्सा नदीमा खसेका छन् भने एक ट्याङ्कर पुलको भाँचिएको भागमा अड्किएको अवस्थामा भेटिएको छ। दुर्घटनापछि स्थानीय बासिन्दाले तत्काल उद्धारमा जुट्दै ८ जनाको ज्यान बचाउन सफल भएका छन्।

घटनास्थलमा तीनवटा दमकल टोली परिचालित छन् भने प्रशासनले उद्धार कार्य अझ तीव्र बनाएको छ। सन् १९८० मा बनेको यो ४५ वर्ष पुरानो पुललाई समय–समयमा मर्मत गरिए पनि जीर्ण अवस्थामै सञ्चालनमा राखिएको थियो। स्थानीय बासिन्दाहरूले पटक–पटक मर्मतको माग गरे पनि बेवास्ता गरिएको गुनासो गर्दै आएका थिए।

विपक्षी दलहरूले सरकारमाथि गम्भीर लापरवाही गरेको आरोप लगाएका छन्। राज्य सरकारका मन्त्री ऋषिकेश पटेलले घटनाको छानबिनका लागि आदेश दिइएको बताएका छन्। पुल भत्किएपछि भरुच, सुरत, नवसारी, तापी र वलसाडजस्ता दक्षिणी गुजरातका सहरहरूबाट सौराष्ट्र जान अब लामो मार्ग भएर अहमदाबाद हुँदै यात्रा गर्नुपर्ने भएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषमार्फत २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन्।

यो घटनाले भारतमा जीर्ण संरचनाको अवस्था र सम्बन्धित निकायहरूको उदासीनता फेरि एक पटक उजागर गरेको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  २ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ